Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

दिवंगत आत्माको लागि सतबीज छरियो

२०७३, १३ मंसिर सोमबार १५:५६

मंसीर १३ गते, जिबजिबे,
रसुवा । देशका विभिन्न स्थानमा जस्तै रसुवामा पनि
 दिवंगत आत्माको शान्तिको कामना गर्दै सतबीज
छर्ने कार्य सम्पन्न भएको छ । धैबुङ गाविसको वडा नं ८ स्थित जलेश्वर (नीलकण्ठ)
महादेव मन्दिरमा भक्तजनबाट सतबीज छर्ने कार्य भएको हो ।



बालाचतुर्दशीका दिन धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको
सप्तधानायूक्त सतविज र विभिन्न प्रकारका फूलहरु छर्नाले पितृहरूले सदैव भोजन पाउने
भन्ने जनविश्वास अनुसार रसुवा, नुवाकोटलगायतका स्थानबाट आएका भक्तजनले आज सतबीज
छरेका हुन् । सतबीजमा का
गती, निबुवा, भप्पु, विमिरो, सुन्तला, स्याउ, उँखु, अम्बा, केरा
जस्ता फलफूल पनि समावेस गर्ने गरिएको भक्तजनहरू बताउँछन् । कतिपय स्थानमा सय
किसिमका बीजहरू छर्ने गरिन्छ ।


त्रयोदशीका
दिन अर्थात् हिजो बेलुकादेखि पूजाआजा, भजन कीर्तन तथा संकीर्तनका साथ रातभर
जाग्राम बसी शिवजीको उपसना गर्ने गरिन्छ ।


यसरी
यो लोकमा छरिएको सतविज पितृहरुको लोकमा गएर अङ्कुरण हुने र यिनै विजहरूका कारणले
पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रही आएको छ ।
 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा