ताराबहादुर महत/मङ्सिर १५, दोलखा । दोलखाको काटाकुटी गाविसमा विहे हेर्न आएका व्यक्तिहरुविच झगडा हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।
गएराति काटाकुटी ८ स्थित लुङढोल्मा तामाङकी छोरी बिमला तामाङको विहेमा आएका गाउँले सोहि वडाका लालबहादुर तामाङ र लाक्पा दोर्जे तामाङलाई केहि युवाहरुको समुहले मादक पदार्थ सेवन गरी कुटपिट गरेको दोलखा प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न मागापौवा–३ का कर्म तामाङ्गको छोराहरु अन्दाजी बर्ष १७ को फुलकाजी तामाङ्ग, अन्दाजी १९ को राज तामाङ, अन्दाजी बर्ष २१ को बुद्ध तामाङ र मागापौवा –३ कै विक्रम तामाङको छोरा १८ बर्षिय विशाल तामाङलाई पक्राउ गरी आवश्यक कारबाही गरिरहेको प्रहरीको भनाई छ ।
कुटपिटबाट घाईते भएका तामाङद्वय लालबहादुर र लाक्पादोर्जेको काठमाण्डौंस्थित वि एण्ड वि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।