मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजन"/>
१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

शीतलहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न

१७ मंसिर २०७३, शुक्रबार ०९:२८

मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजनामा शीत-लहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक प्रमुख जिल्ला अधिकारी नरहरि वरालको अध्यक्षा तथा स्थानीय विकास अधिकारी उमेश बस्नेतको आतिथ्यमा बैठक सम्पन्न भएको छ ।  

जाडो यामको समयमा खासगरी तराईका जिल्लाहरुमा चिसो तथा शीत लहरबाट मानिसहरुको असावधानीको कारणबाट हरेक वर्ष श्वास प्रश्वास, रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य सम्बन्धी समस्याबाट धेरै मानिसहरु विरामी पर्ने र केही ब्यक्तिको मृत्यु समेत हुने गरेको छ । पशु पञ्छी, अन्नबालीमा समेत प्रतिकुल प्रभाव परी धेरै मात्रामा नोक्सान हुने गरेको छ । यस वर्ष पनि जाडो यामको समय शुरु हुन लागेको छ । विगतका वर्षमा मौषमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तनबाट शीतलहर -Cold Wave_ चल्न र यसबाट विशेष गरी तराईको जनजीवन तथा प्रभावित जिल्लाहरुमा अस्थायी अवास भएका परिवारहरु, अति गरीव, वृद्धवृद्धा तथा वालवालिकाहरुलाई प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा उक्त जोखमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत र साधनको पूर्व प्रवन्ध तयार गर्न, सचेतना अभिवृद्धि गर्न एवं शीतलहरबाट प्रभावित परिवारलाई पुरयाउने उद्दार तथा राहतको कार्यलाई ब्यवस्थित र प्रभावकारी बनाउनको लागि जिल्ला दैवी प्रकोप उद्दार समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायहरु, विभिन्न राजनीतिक पार्टी प्रतिनिधिहरुको उपस्थितिमा उक्त बैठक सम्पन्न भएको छ ।

साथै शीतलहरबाट प्रभावित परिवारहरुको उद्दार तथा राहतको लागि RDC नेपालसँग रु. १,२००,००। आपत्कालीन कोष, ५० थान कम्बल तथा ५० थान त्रिपाल र नेपाल रेडक्रस सोसाईटीसँग ५० थान कम्बल र यूनिसेफसँग वालवालिका कीट्, किशोरी कीट रहेको जानकारी RDC नेपालको विपद् जोखिम ब्यवस्थापन मानवीय पूर्वतयारी परियोजनाका कार्यक्रम संयोजक विजय साह वनियाले जानकारी दिनु भएको छ । कार्यक्रममा पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्र गुप्ता तथा विभिन्न सरकार, गैर सरकारी संघ संस्थाको प्रतिनिधि तथा  सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल