मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजन"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

शीतलहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न

२०७३, १७ मंसिर शुक्रबार ०९:२८

मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजनामा शीत-लहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक प्रमुख जिल्ला अधिकारी नरहरि वरालको अध्यक्षा तथा स्थानीय विकास अधिकारी उमेश बस्नेतको आतिथ्यमा बैठक सम्पन्न भएको छ ।  

जाडो यामको समयमा खासगरी तराईका जिल्लाहरुमा चिसो तथा शीत लहरबाट मानिसहरुको असावधानीको कारणबाट हरेक वर्ष श्वास प्रश्वास, रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य सम्बन्धी समस्याबाट धेरै मानिसहरु विरामी पर्ने र केही ब्यक्तिको मृत्यु समेत हुने गरेको छ । पशु पञ्छी, अन्नबालीमा समेत प्रतिकुल प्रभाव परी धेरै मात्रामा नोक्सान हुने गरेको छ । यस वर्ष पनि जाडो यामको समय शुरु हुन लागेको छ । विगतका वर्षमा मौषमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तनबाट शीतलहर -Cold Wave_ चल्न र यसबाट विशेष गरी तराईको जनजीवन तथा प्रभावित जिल्लाहरुमा अस्थायी अवास भएका परिवारहरु, अति गरीव, वृद्धवृद्धा तथा वालवालिकाहरुलाई प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा उक्त जोखमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत र साधनको पूर्व प्रवन्ध तयार गर्न, सचेतना अभिवृद्धि गर्न एवं शीतलहरबाट प्रभावित परिवारलाई पुरयाउने उद्दार तथा राहतको कार्यलाई ब्यवस्थित र प्रभावकारी बनाउनको लागि जिल्ला दैवी प्रकोप उद्दार समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायहरु, विभिन्न राजनीतिक पार्टी प्रतिनिधिहरुको उपस्थितिमा उक्त बैठक सम्पन्न भएको छ ।

साथै शीतलहरबाट प्रभावित परिवारहरुको उद्दार तथा राहतको लागि RDC नेपालसँग रु. १,२००,००। आपत्कालीन कोष, ५० थान कम्बल तथा ५० थान त्रिपाल र नेपाल रेडक्रस सोसाईटीसँग ५० थान कम्बल र यूनिसेफसँग वालवालिका कीट्, किशोरी कीट रहेको जानकारी RDC नेपालको विपद् जोखिम ब्यवस्थापन मानवीय पूर्वतयारी परियोजनाका कार्यक्रम संयोजक विजय साह वनियाले जानकारी दिनु भएको छ । कार्यक्रममा पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्र गुप्ता तथा विभिन्न सरकार, गैर सरकारी संघ संस्थाको प्रतिनिधि तथा  सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा