१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जेसिस को लागू अौषध विरुद्धको अभियान

१७ मंसिर २०७३, शुक्रबार १३:२८

रविन्द्र यादव/ मंसिर १७, नवलपरासी । संयुक्त जेसिज सप्ताह २०१६ अन्तर्गत सत्पाह व्यापी कार्यक्रमको आज छैठौं दिन लागु औषधक न्युनिकरण विषय अन्तरकृया कार्यक्रम गरिएकोे छ । नवलपरासीको सिमावर्ति क्षेत्र रमपुरवा गाविस स्थित महसपुर नाकामा सम्बन्धित निकाय र स्थानिययुवाहरु बिच सो अन्तकृया कार्यक्रम गरि सम्पन्नगरिएको हो ।

पछिल्लो समयदेखि जिल्लामा बढदो लागुऔषधको प्रयोग तथा युवाहरुको बढि संलग्नताले जिल्लामा ठुलै किसिमको विकृति फैलिएदै गएको छ । लागु औषध न्युनिकरण गर्न एवं बढदो विकृत हटाउन विभिन्न ठाउँमा होर्डिङ्ग बोर्ड लगाउने, विभिन्न जनचेतनामुलक कार्यक्रमगर्ने र सम्बन्धित नियकले सिमा क्षेत्रमा निगारनी बढाउन कार्यक्रममा वक्ताहरुले धारणा व्यक्त गरेका थिए । 

रामग्रम जेसिज, रामग्राम महिला जेसीज, सुनवल जेसिज, रामनगर जेसिजको संयुक्त आयोजनामा भएको लागु औषधन्युनिकरण अन्तरकृया कार्यक्रममा युथ जेनेरेशन लागु औषधको बढि सिकारभैरहेको कारण पत्ता लगाउन जरुरी रहेको वक्ताहरुले साझा धारणा राखेका थिए ।


रामग्राम महिला जेसिजको अध्यक्ष प्रभा ज्ञवालीको अध्यक्षतमा भएको कार्यक्रम कार्यक्रम प्रमुख अतिथि तथा रमपुरवा गाविस सचिव पारसनाथ बर्मा, रामग्राम जेसिज अध्यक्ष सुरज पाण्डे, सुनवल जेसिज लेखनाथ गौतम, रामनगर जेसीज अध्यक्ष बलराम चापागाई, पुर्व रामग्राम जेसिज अध्यक्ष, शिव कुमार खडका, श्रीधर बस्याल, रामग्राम जेसिज महासचिव अनिल शर्मा, रामग्राम महिला जेसिज महासचिव रम्भादेवी कुँवर, परासीपत्रका प्रंकाशक हरि शर्मा, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायतले जिल्लामा बढदो लागु औषधदुव्र्यसनीको मुख्य कारण पत्ता लगाई यसको न्युनकिरणमा हामी सबै एकजुट भई लाग्न पर्ने धारणा राख्नु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु