१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बन्दका क्रममा मोटरसाइकल तोडफोड

१८ मंसिर २०७३, शनिबार ११:४४

मङ्सिर १८, गुल्मी । प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन आज आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् । 

बन्दको अवज्ञा गरी सवारीसाधन सञ्चालन गरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासस्थित क्याम्पस रोडमा लु ९ प ४३३३ न ंको मोटरसाइकल तोडफोड गरेका छन् भने पाँचवटा नियन्त्रणमा लिएका छन् । 

पाँच नं प्रदेश टुक्राउने गरी सरकाले संसद्मा पेस गरेको संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखी गुल्मी बन्दको घोषणासहित आन्दोलनमा उत्रिएका जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, सङ्घ सस्था, नागरिक समाज, उद्योगी तथा व्यापारी, विद्यार्थी सङ्घ सङ्गठनले आज पनि जिल्लामा विरोध प्रदर्शन गरिराखेका छन् । 

संयुक्त आन्दोलन सङ्घर्ष समितिले आयोजना गरेको अनिश्चितकालीन गुल्मी बन्दका कारण जिल्लाका सम्पूर्ण बजार तथा सवारी साधन ठप्प भएका छन् । यातायातका सवारी साधन ठप्प भएपछि सेवाग्राही र अन्य सर्वसाधारणलाई सदरमुकाम तम्घास आवतजावत गर्न निकै समस्या परेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु