१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दशजना युवायुवतीलाई सघन यौनिकता शिक्षा प्रदान

१८ मंसिर २०७३, शनिबार ११:४५

रबिन्द्र यादव । मंसिर १८, नवलपरासी ।  नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले १० जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) एक तालिममा मार्फत सघन यौनिकता शिक्षा प्रदान गरेको छ । किसोरकिसोरी तथा युवयुवतीहरुलाई वृहत यौनिकता शिक्षा अति आवश्यक रहेको हुनाले ति साथी शिक्षकहरु माफर्त छरिएर रहेका युवाहरुलाई यौनिकता शिक्षाको विषयमा परामर्श गर्ने उद्देश्यले सो सघन यौनिकता शिक्षा प्रदान गरिएको हो । 


संघद्धारा आफनै भवनमा संचालित तिन दिने तालिममा शाखा अन्तर्गत नयाँ बेल्हानी, रमपुरवा र सुनवल स्थित सामुदायिक क्लिनीकबाट गरि १० जना पियर एजुकेटरहरुलाई यौनिकता शिक्षा प्रदान गरिएको थियो । तालिममा नेपाल परिवार नियोजन संघबाट प्रदान गरिदै आइएको नियमित महिला स्वास्थ्य परिक्षण, एचआईभी एडस् परिक्षण, गर्भवती तथा सुतकेरी चेकजाँज, परिवार नियोजन संघका अस्थायी साधन, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, सबै समुदायमा एफपान सेवाको पहुंच, किसोर किसोरी तथा युवायुवतीलाई प्रवद्र्धन गर्ने लगायतका सेवाहरुको बारेमा जानकारी दिइएको संघका सुपरभाईजर राजेश साक्यले बताउनु भयो । 


लामो समयदेखि संघ तथा यसका सामुदायिक क्लिनीकहरुबाट महिला स्वास्थय परिक्षण सेवा  प्रदान तथा निशुल्क रुपमा परिवार नियोजनको साधन वितरण गरिदै आइएको छ । तालिममा अब शिक्षा प्राप्त पियरएजुकेटर (साथी शिक्षक)हरुले कसरी क्लिनीक क्षेत्र बाहेकका क्षेत्रहरुमा किसोरकिसोरी तथा युवायुवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य विषयमा परामर्श गर्ने, परिवार नियोजन संघको साधनहरु वितणर गर्ने र सुरक्षित एवं व्यस्थित परिवार विषय समेतमा युवायुवती तथा आम महिलाहरुमा जनचेतना जगाउने विषयमा वृहत छलफल गरिएको सघका प्रबन्धक नवराज अधिकारीले जानकारी दिनु भयो । 


त्यस्तै युवा सुचना केन्द्र, युवालाई प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण, शुक्रवारे विद्यार्थी शिक्षा कार्याक्रम, साथी शिक्षक पुर्नताजगी, सन्देश मुलक होर्डिगंबोर्ड स्थापना, नियमित अनुगमन मुल्यांक लगायतको काम समेत परिवार नियोजन संघले गर्दै आएको संघका सुपरभाईजर शाक्यले बताउनु भयो ।  फोटो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु