मंसिर १९ पर्वत ।पर्वतमा २५ औ अन्तराष्ट्रिय अपाङता दिवस मनाईएको छ ।
     “हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित     गरौ हामीले चाहेको भविष्य” भन्ने नारा सहित अपाङगता भएका व्यक्तिहरुले यो दिवस मनाईएका हुन । जिल्ला विकास समिति, महिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १९ पर्वत ।पर्वतमा २५ औ अन्तराष्ट्रिय अपाङता दिवस मनाईएको छ ।
     “हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित     गरौ हामीले चाहेको भविष्य” भन्ने नारा सहित अपाङगता भएका व्यक्तिहरुले यो दिवस मनाईएका हुन । जिल्ला विकास समिति, महिल"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपाङ्गता भएकाहरु भन्छन्–कानूनले दिएको अधिकार उपभोग गर्न पाइएन

२०७३, १९ मंसिर आईतवार ०५:२८

मंसिर १९ पर्वत ।पर्वतमा २५ औ अन्तराष्ट्रिय अपाङता दिवस मनाईएको छ ।
     “हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित     गरौ हामीले चाहेको भविष्य” भन्ने नारा सहित अपाङगता भएका व्यक्तिहरुले यो दिवस मनाईएका हुन । जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, नेपाल अपाङग उत्थान समाज, पर्वत सहित अपाङग क्षेत्रमा काम गदै आएका १० ओटा संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गरी अपाङग्ता दिवस मनाईएका हुन् ।          कार्यक्रममा सहभागीहरुले अपाङगता भएका व्यक्तिहरुको अधिकार स्थापित गर्नका लागि जिल्लाका विभिन्न राजनितिक दल तथा संघसंस्थाहरु एकमत हुनुपर्ने बताएका थिए ।   उनीहरुले राज्यले हरेक निकाय अपाङगता मैत्री बनाउनुपर्नेमा जोड दिएका  थिए । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले दिएको परिचय पत्रको उपयोग नहुने गरेको पर्वतका अपाङ्ता भएका व्यक्तिहरुले बताएका छन् ।
     अपाङ्गता  भएका व्याक्तिहरुको २५ औ अन्तराष्ट्रिय दिवसका सहभागिहरुले राज्यले बनाएको ऐन नियम र कानूनी  राज्यकै तल्लो निकायका पालना नगर्ने गरेको बताएका हुन ।  उनिहरुले मानविय सोचमा विकास गराउन आवश्यक रहको बताउँदै कर्मचारी तथा सार्वजानिक सेवा क्षेत्रका सरोकारवालाहरुको दया भन्दा पनि अपाङ्गता प्रति सम्बेदनशिल भएर व्यवहार गराउन आवश्यक रहेको औल्याएका हुन ।
    अपाङ्गता भएकाहरुलाई राज्यले परिचय पत्र मात्र थमाएर दाहित्व पुरा नहुने बताउँदै अपाङ व्यात्तिहरुसँग भएको सिप क्षमताको पनि उजागर गर्दै जिवनयापनमा सहजता सृजना गराउने काम पनि राज्यका निकायको रहको बताएका थिए । कार्यक्रममा पिपलटारीकी मनिलाल पौडेलले राज्यले अपाङ्गताको क्षेत्रमा नियम मात्र बनाएको तर कार्यान्वयन नभएको बताए ।
    अपाङ्गता भएका व्यक्तिहरुको अबस्था र पीडा बोध गराउन भन्दै कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेल लगायत मानवअधिकारबादी, गैसरकारी संघसंस्थाका प्रतिनिधिहरुलाई आँखामा पट्टी बाँधेर सेता छडी हातमा थमाएर हिड्न लगाएका थिए ।
    कायक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेलले संविधानले अपाङगता भएका ब्यक्तिहरुको लागि रोगगार, उच्च शिक्षा र सामाजिक सुरक्षा भत्ता लगाएतका हक अधिकार सुनिश्चित गरेको भन्दै संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
     कार्यक्रममा  नेपाली काँग्रेस पर्वतका सदस्य शेरवहादुर आचार्य, नेकपा एमालेका सचिवालय सदस्य ओम सुवेदी, नयाँ शक्ति केन्द्रका मिनराज केसी, महिला तथा बालबालिका कार्यालय पर्वतका महिला विकास अधिकृत तारादेवी सुनुवार,मानवअधिकार कर्मी राजेन्द्र पहाडी, बार एसोशेसन पर्वतका अध्यक्ष विश्वराज पाण्डे, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशवहादुर क्षेत्री, गैसस महासंघका केन्द्रिय सदस्य देवीप्रसाद तिमिल्सीना, गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल, पत्रकार महासंघ पर्वतका सन्तोष थापा लगायतले आआफ्नो धारणा राखेका थिए ।         नेपाल अपाङगता उत्थान समाज पर्वतका अध्यक्ष गणेश सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा स्वागत मन्तव्य जिल्ला अपाङगता सञ्जाल पर्वतका अध्यक्ष यज्ञप्रसाद पौडेल र कार्यक्रमको सञ्चालन नेपाल अपाङगता उत्थान समाज पर्वतका सचिव किशोर शर्माले गरेका थिए ।
    पर्वतमा २६५८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् जसमध्ये बौद्धिक अपाङ्गता १७ प्रतिशत, दृष्टिविहिन २२ प्रतिशत,     बहिरा २० र ४१ प्रतिशत शारिरिक अपाङ्गता भएका व्यक्तिहरु रहेको अपाङ्ग उत्थान कार्यालयले जनाएको छ ।
     अपाङ्गता दिवसको दिनमा  ठेलो प्रतियोगिता, घैटो फोर प्रतियोगिता, म्युजिकल चियर र तातो आलु जस्ता खेल आयोजना गरिएको थियो । ठेलो प्रतियोगितामा पुरुष तर्फ नारायण श्रीष र महिला तर्फ अनिता बुढाथोकी बिजेता भए । त्यस्तै  घैटो फोर प्रतियोगिता अमृता तिवारी विजेता भनिन् भने म्युजिकल चियर प्रतियोगितामा इन्द्र न्यौपानै प्रथम, मनिषा रेग्मी र अप्सरा मिँया तृतिय भए । त्यस्तै तातो आलु प्रतियोगितामा  मनिसा रेग्मी प्रथम,      राधिका क्षेत्री  द्धितिय, विपना खड्का तृतिया भएका थिए ।
    यसैविच पर्वतका ११ जना दृष्टिबिहिन विद्यार्थीहरु न्यानो कपडा वितरण गरिएको छ । सृजनशिल युवाहरुको समूह रोट्याक क्लव अफ पर्वतले २५ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसर पारेर पर्वतका ११ जना दृष्टिविहीन विद्यार्थीहरुलाई  जाडोमा आवश्यक पर्ने न्यानो कपडा वितरण गरेको हो । क्लवले जाडोका लागि आवश्यक पर्ने टोपी, सुइटर लगायतका सामग्री वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन