नरजन तामाङ/मङ्सिर १९, हुम्ला । २५ औं अपाङ्गता दिवस हुम्लामा पनि मनाईएको छ  । 

सुनिश्चित गरौं हामीले चाहेको भविश्य, हासिल गरौ १७ विकासको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरजन तामाङ/मङ्सिर १९, हुम्ला । २५ औं अपाङ्गता दिवस हुम्लामा पनि मनाईएको छ  । 

सुनिश्चित गरौं हामीले चाहेको भविश्य, हासिल गरौ १७ विकासको "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा पनि अपाङ्गता दिवस मनाईयो

१९ मंसिर २०७३, आईतवार ०६:११


नरजन तामाङ/मङ्सिर १९, हुम्ला । २५ औं अपाङ्गता दिवस हुम्लामा पनि मनाईएको छ  । 

सुनिश्चित गरौं हामीले चाहेको भविश्य, हासिल गरौ १७ विकासको लक्ष्य भन्ने मूल नारा नेपाल सहित विश्वमा नै मनाईएको दिवस हेड नेपाल हुम्लाको सहयोगमा फलफुल वितरण गरेर मनाईको हो । 

साहारा समूह, हेड दृष्टि गृह र हेड सक्षम गृहमा प्रमूख जिल्ला अधिकारी कृष्ण बहादुर घिमिरे, महिला विकास अधिकृत देव कुमारी खत्रीले संयुक्त रुपमा हेड नेपालले व्यवस्था गरेको फलफुल समेत वितरण गरिएको थियो ।साथै कार्यक्रममा हेड सक्षम गृहमा आश्रीत शारीरिक अपाँगता भएका बालबालिकाले गित समेत प्रस्तुत गरेका थिए । 

जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधीको उल्लेख्य सहभागीतामा ¥याली सदरमुकाम सिमिकोट बजार परिक्रमा गरी औपचारीक कार्यक्रममा परिणत भएको थियो । 

शारीरिक अपागंता भएका बालबालिकाको लागि हेड नेपालको सहयोगमा सदरमुकाममा स्थापना भएको हेड सक्षम गृहमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा अपाँगता क्षेत्रमा काम गर्ने महिला तथा बालबालिकाको कार्यालय, हिमाली शिक्षा र विकास हेड नेपाल, साहारा समूहमा रहेका अपाँगता भएका बालबालिका सहभागि थिए । 

प्रमूख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले फरक क्षमता भएकाव् यक्तित्वलाई हामीले अवसर दियौं भने उनीहरुले पनि राष्ट्र निर्माणमा टेवा पुयाउन सक्ने धारणा राखे । हेड नेपालका कार्यकारी निर्देशक छिटुप लामाले हुम्लामा अपाँगता भएको क्षेत्रमा नविनतम प्रविधि प्रयोग गरी अगाडी बढाईरहेको बताए । 

महिला विकास अधिकृत देवकुमारी खत्रीले हामी कुनै पनि बेला कुनै परिस्थतीमा अपाँगता हुन सक्ने भएको उनीहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्ने बताईन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु