पूर्णप्रसाद न्यौपाने / मङ्सिर २०, ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २०, ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटव"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा बुबाको क्रियापुत्री छोरी आफैँ बसिन्

२० मंसिर २०७३, सोमबार ०४:३८


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २०, ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिएकी छन् । नसा सम्बन्धी रोगका कारण बुबा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि इन्दिरा आफैँ बुबाको किरीयापुत्री बनेकी हुन् । आमाले ३ वर्षको हुँदा छोडेर हिँडेपछि बुबासँगै बस्दै आएकी इन्दिराले बुबाको निधन पछि आफ्नो बुबाको किरीया आफैँ गर्ने भनेपछि सहयोग गरेर उनैलाई काममा राखिएको ईन्दिराका काका कुल बहादुर कट्वालले बताउनुभयो । १८ वर्षिया ईन्दिरा परिवारकी एक्ली छोरी हुन् । 


करिब एक दशक अघि देखि उपचार गराईरहेका रामजी कटवालको उपचारकै क्रममा मंसिर १४ गते ओखलढुंगा सामुदायिक अस्पतालमा निधन भएको थियो । उपचार गराउँदा गराउँदै भएभरको सबै सम्पत्ती सकिएपछि अस्पतालले पछिल्लो समय निशुल्क उपचार गरिदिएको थियो । 


छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्न मात्र जम्मा हुने नेपाली समाजलाई चुनौती दिन आफ्ना स्वर्गीय बुबाको अन्त्येष्टिलगायतका सम्पूर्ण क्रियाकर्म आफैंले सुरु गरेको इन्दिराको भनाई छ । सानैमा छाडेर हिँडेकी आमा सम्पर्कमा नरहेको र बुबाको पनि निधन भएपछि साह्रै एक्लो महसुस भएको उनले बताउने गरेकि छन् । 


समाजमा छोराकै पछि लाग्नेहरुका लागि यो गतिलो जवाफ भएको स्थानियको केदारबाबु बस्नेतले बताउनुभयो । इन्दिराको शिक्षा,दिक्षाको व्यवस्थापन गर्नका लागि सबैले सहयोग गरेर गर्न आवश्यक रहेको उहाँको बस्नेतको भनाई छ । इन्दिराले छोरीहरु पनि छोरा सहर समाजका अभिन्न अङ्ग हुन भन्ने भएको सन्देश दिएकी छिन् । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु