भावना पौडेल /२० मंसीर डडेल्धुरा । सोमबार अन्र्तराष्ट्रीय स्वास्थ्यस्वयंसेवीका दिवस डडेल्धुराको सदमुकाम लगागत मष्टामाण्डौ गाबिसमा पनी बिभीन्न कार्यक्रम गरी मनाइएको छ । महिला स्वास्थ्य स्वयंम सेविकाको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माण टेवा भन्ने म"/>
भावना पौडेल /२० मंसीर डडेल्धुरा । सोमबार अन्र्तराष्ट्रीय स्वास्थ्यस्वयंसेवीका दिवस डडेल्धुराको सदमुकाम लगागत मष्टामाण्डौ गाबिसमा पनी बिभीन्न कार्यक्रम गरी मनाइएको छ । महिला स्वास्थ्य स्वयंम सेविकाको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माण टेवा भन्ने मुल नाराका साथ १३ औँ अन्र्तराष्टीय स्वास्थ्यस्वयंसेवीका दिवस मनाईूएको हो । दिवसमा मष्टामाण्डौ स्वास्थ्यचौकीका अहेव बिरेन्द्र शाहले गाउघरमा रहेका महिलाहरुको नियमीत रुपमा गर्भजांच गर्ने र अस्थायी परीवार नियोजन साधनको सही प्रयोग गर्नका लागी उत्प्रेरणा दिने प्रतीबद्धता जनाएका थिए । स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन । साथै दिवसका अवसरमा महिला स्वास्थ्यस्वयंसेवीका पार्वती कठायत, नम्रता साही र हेमा बिक लाई सम्मान गरीएको सहकर्मी भिम विष्टले खबर पठाएका छन