सलिम अन्सारी | मङ्सिर २१, प्युठान | उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पिडित यहाका एक युवाले आफ्नो ज्यान जोगाइदिन सबैसंग सहयोगको याचना गरेका छन । आर्थिक अभाव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी | मङ्सिर २१, प्युठान | उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पिडित यहाका एक युवाले आफ्नो ज्यान जोगाइदिन सबैसंग सहयोगको याचना गरेका छन । आर्थिक अभाव"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका एक युवकको दुबै मृगौला फेल भएपछी, सहयोगको याचना

२१ मंसिर २०७३, मंगलवार ०४:५९

सलिम अन्सारी | मङ्सिर २१, प्युठान | उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पिडित यहाका एक युवाले आफ्नो ज्यान जोगाइदिन सबैसंग सहयोगको याचना गरेका छन । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछी प्युठान ढुङ्गेगढी गाबिस वार्ड नम्बर ६ बुढिचौर गाउंमा बस्ने ३० बर्षिया युवक थम्मन सिङ अछामि रानाले ज्यान जोगाउन सहयोग मागेका हुन।दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका राना बिगत दुई महिना देखि अस्पतालमा उपचारत छन ।

धन कमाउन भारत आउजाउ गर्ने उनी दुबै मृगौला खराव भएपछी गत कार्तिक महिनाको अन्तिम साता मात्रै घर फर्किएका हुन । पिडित रानाको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन।राना संगै उनकी पत्नी र ३ भाइ नाबालक छोरा आश्रीत छन । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछी उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन । रानाले कार्तिक अन्तिमसाता देखि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइनसेस शिक्षण अस्पतालमा हरेक हप्ताको दुई पट्क डाइलोसिस गराउदै आएका छन । चिकित्सकले उनको नया जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुझाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन । स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके  राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडित युवकले त्यसकै लागि सहयोगको हारगुहार गरेका हुन ।

चिकित्सकले मृगौला प्रत्यारोपण गर्न दस लाख देखि बाह्र लाख रुपैया लाग्ने बताएको उनका ससुरा उम बहादुर खाम्चाले जानकारी दिए । अस्पतालले यत्ती ठूलो रकम लाग्ने बताएपछि आफुहरु आर्थिक सहयोग जुटाउन लागेको बताए । पिडित राना कामको शिलसिलामा छिमेकी मुलुक भारत आउजाउ गर्दै आएका थिए।भारतको मद्रास स्थित मधुराइ शहरमा कार्यरत रहदै गर्दा एक्कासी पेट दुखेपछी स्थानिय निजि हस्पिटलमा भर्ना भएको र चेकजांच गर्दा अस्पतालले दुबै मृगौला खराब भएको रिपोर्ट दिएको थियो।भारतको गोर्भमेण्ट हस्पिटलमा एक महिना उपचार गरि उनी हालै मात्र नेपाल आएका हुन । उनकी पत्नी टीका अछामीले आफ्नो शृमानको जीवन रक्षाका    लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेकी छिन ।

इच्छुक ब्याक्ती वा निकायले पिडितलाइ सहयोग गर्न चाहे उनको ससुरा उम बहादुर खाम्चाको मोबाइल नम्बर ९८१२८७०५४७ मा सम्पर्क गर्न सक्ने छन । साथै उम बहादुर खाम्चाको नेपाल बैङ्क लिमिटेडमा रहेको खाता नम्बर  ०५२००१३८२७१०मा सिधा रकम जम्मा गर्न सकनुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु