सलिम अन्सारी | मङ्सिर २१, प्युठान | उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पिडित यहाका एक युवाले आफ्नो ज्यान जोगाइदिन सबैसंग सहयोगको याचना गरेका छन । आर्थिक अभाव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी | मङ्सिर २१, प्युठान | उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पिडित यहाका एक युवाले आफ्नो ज्यान जोगाइदिन सबैसंग सहयोगको याचना गरेका छन । आर्थिक अभाव"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका एक युवकको दुबै मृगौला फेल भएपछी, सहयोगको याचना

२०७३, २१ मंसिर मंगलवार ०४:५९

सलिम अन्सारी | मङ्सिर २१, प्युठान | उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पिडित यहाका एक युवाले आफ्नो ज्यान जोगाइदिन सबैसंग सहयोगको याचना गरेका छन । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछी प्युठान ढुङ्गेगढी गाबिस वार्ड नम्बर ६ बुढिचौर गाउंमा बस्ने ३० बर्षिया युवक थम्मन सिङ अछामि रानाले ज्यान जोगाउन सहयोग मागेका हुन।दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका राना बिगत दुई महिना देखि अस्पतालमा उपचारत छन ।

धन कमाउन भारत आउजाउ गर्ने उनी दुबै मृगौला खराव भएपछी गत कार्तिक महिनाको अन्तिम साता मात्रै घर फर्किएका हुन । पिडित रानाको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन।राना संगै उनकी पत्नी र ३ भाइ नाबालक छोरा आश्रीत छन । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछी उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन । रानाले कार्तिक अन्तिमसाता देखि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइनसेस शिक्षण अस्पतालमा हरेक हप्ताको दुई पट्क डाइलोसिस गराउदै आएका छन । चिकित्सकले उनको नया जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुझाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन । स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके  राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडित युवकले त्यसकै लागि सहयोगको हारगुहार गरेका हुन ।

चिकित्सकले मृगौला प्रत्यारोपण गर्न दस लाख देखि बाह्र लाख रुपैया लाग्ने बताएको उनका ससुरा उम बहादुर खाम्चाले जानकारी दिए । अस्पतालले यत्ती ठूलो रकम लाग्ने बताएपछि आफुहरु आर्थिक सहयोग जुटाउन लागेको बताए । पिडित राना कामको शिलसिलामा छिमेकी मुलुक भारत आउजाउ गर्दै आएका थिए।भारतको मद्रास स्थित मधुराइ शहरमा कार्यरत रहदै गर्दा एक्कासी पेट दुखेपछी स्थानिय निजि हस्पिटलमा भर्ना भएको र चेकजांच गर्दा अस्पतालले दुबै मृगौला खराब भएको रिपोर्ट दिएको थियो।भारतको गोर्भमेण्ट हस्पिटलमा एक महिना उपचार गरि उनी हालै मात्र नेपाल आएका हुन । उनकी पत्नी टीका अछामीले आफ्नो शृमानको जीवन रक्षाका    लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेकी छिन ।

इच्छुक ब्याक्ती वा निकायले पिडितलाइ सहयोग गर्न चाहे उनको ससुरा उम बहादुर खाम्चाको मोबाइल नम्बर ९८१२८७०५४७ मा सम्पर्क गर्न सक्ने छन । साथै उम बहादुर खाम्चाको नेपाल बैङ्क लिमिटेडमा रहेको खाता नम्बर  ०५२००१३८२७१०मा सिधा रकम जम्मा गर्न सकनुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा