१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गैडाकोटमा भोली भ्रष्टाचार विरुद्ध सचेतना र्याली निकालिदै

२३ मंसिर २०७३, बिहीबार ०४:२५

मङ्सिर २३, गैँडाकोट | भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बागेश्वरी असल शासन क्लव बास नवलपरासीको आयोजनामा बृहत सचेतना र्याली हुने भएको छ । 

बास जिल्ला शाखा नवलपरासीको आयोजना तथा विजय एफएम १०१ दशमलव ६ र विजय खबर पत्रिकाको समन्वयमा भ्रष्टाचारविरुद्धको १४ औ अन्तराष्टिय दिवसका अवसरमा यही मंसिर २४ गते शुक्रबार भ्रष्टाचार विरुद्ध बृहत सचेतना र्याली हुने भएको हो । सोही दिन बागेश्वरी असल शासन क्लवको १६ औँ बार्षीकउत्सव पनि परेको हुँदा गैँडाकोट क्षेत्रमा हुने अनियमीतताका गतिबिधी नियन्त्रणका लागी दवाव सिर्जना गर्ने उद्धेश्यले र्याली गर्न लागेको बास नवलपरासीका अध्यक्ष यदुनाथ सिग्देलले बताउनुभयो ।

र्यालीमा विभिन्न बिद्यालयका बिद्यार्थी, संघ संस्थाका प्रतीनिधी सरोकारवाला र सर्वसाधारणले स्वस्फुर्त रुपमा सहभागीता जनाउने र्यालीका सह संयोजक बास नवलपरासीका कोषाध्यक्ष तेजेन्द्र रानाले जानकारी दिनुभयो । सहभागीता र ऐक्यबद्धताका लागी सम्पुर्ण संघ संस्था बिद्यालय तथा सामाजीक संघ संस्थालाई आव्हान गरीएको जनाईएको छ । २४ गते बिहान ८ बजे भृकुटीचोकबाट सुरु भएको र्याली बिहान साढे ९ बजे गैँडाकोट नगरपालीकाको कार्यालयमा आई कोणसभामा परिणत हुनेछ । 

कोणसभामा भ्रष्टाचार जन्य गतिबिधीको अन्त्यका लागी नगरपालीकाका प्रमुख एवं कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले सार्वजनीक प्रतीबद्धता जनाउनुहुनेछ । कार्यक्रमको सम्पुर्ण तैयारी पुरा भएको प्रसार प्रसार संयोजक बेदप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु