संखुवासभा २३ मङ्सिर । संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् ।

आर्थिक अवस्था दयनीय रहेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

संखुवासभा २३ मङ्सिर । संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् ।

आर्थिक अवस्था दयनीय रहेका "/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभाका पुष्प खत्रीले भने ‘जम्मा ३० बर्षको भए, अझै बाँच्ने इच्छा छ’

२०७३, २३ मंसिर बिहीबार ०४:३१

संखुवासभा २३ मङ्सिर । संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् ।

आर्थिक अवस्था दयनीय रहेका खत्रीले जीवनरक्षाका लागि सहयोगको अपील गरेका छन्। अस्पतालले उनको दुई मृगोला फेल भएको पुष्टी गर्दै रिपोट निकाले सँगै जिबन मरणको दोसाँधमा रहेका छन् उनलाई बिगत ४ महिना देखि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल उपचार गर्दै तर आर्थिक अवस्था कम्जोर रहेकोले भएको पैसा सकिए पछि घर फिर्ता गरेको भाई मिलन खत्रीले जानकारी दिए।

मृगौलाकै कारण बुबाको मृत्यु भईसकेको र आमाको पनि सानै उमेरमा निधन भईसकेको छ। जिबन रक्षाको लागी उनका भाई मिलनले सहयोगी मनहरुलाई अनुरोध गरेका छन्। खत्रीको उपचारमा अहिले सम्म ५ लाख खर्च भई सकेको छ। उनी संग २ वटा विकल्प डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्न मात्र बाकी रहेको छ । पेटबाट गर्ने डायलाइसिस (CAPD) को लागि एक पटकमा रु.३३० पर्छ । मृगौला प्रत्यारोपण नगरेसम्म प्रति दिन दुई देखि चार पटक सम्म गर्नु पर्ने हुन्छ । प्रति महिना २० हजार देखि ३० हजार सम्म खर्च लाग्ने गर्दछ।

डाक्टरका अनुसार थप उपचारका साथै मृगोला प्रत्यारोपणका लागी १० लाख रकमको आबश्यक पर्ने भएको छ । खाउँ लाउँ उमेरमा यसरी दुबै मृगौला फेल भए सँगै उपचारको पर्खाइमा रहनु भएका खत्रीको उपचारमा आर्थिक समस्या भई रहेको छ। ‘बाँच्छु जस्तो लाग्छ, उपचार राम्रोसँग गर्न पाए’, पुष्प भन्छन्, ‘बुबा आमा पनि बितिसक्नु भयो, मैले बाँच्नु छ, मलाई सबैजना भएर बचाउनुहोस् ।’ खत्रीको उपचारमा सहयोग गर्न ९८४२२१५१३६ र ९८६२०६६९३९ मा सम्पर्क गर्न सकिनेछ । साथै, आर्थिक सहयोगका लागि राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर २०३००११३७७१० मा रकम जम्मा गर्न सकिनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा