मंसिर २३ पर्वत । जिल्लामा रहेको एक विद्यालयका ४० जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २३ पर्वत । जिल्लामा रहेको एक विद्यालयका ४० जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको "/>
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

२३ मंसिर २०७३, बिहीबार ०५:२९

मंसिर २३ पर्वत । जिल्लामा रहेको एक विद्यालयका ४० जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ । कुश्मा नगरपालिका ९ अर्मादीमा रहेको अर्मादी प्रथामिक विद्यालयमा कुनपा ९ का भगवानप्रसाद श्रेष्ठकी धर्मपत्नी राममाया श्रेष्ठले उक्त न्यानो कपडा वितरण गरेकी हुन् ।बुधबार एक कार्यक्रमको आयोजना गरी उनले करिब १६ हजार बराबरको उक्त न्यानो कपडा वितरण गरेकी हुन् । 

आर्मादी प्राविमा आफ्नो साइली बहिनी धनमाया जोशीले अध्यापन गराउने र उनैकै माध्यमबाट त्यहाँका दलित बालबालिकाको अवस्थाको बारेमा जानकारी पाएको हुनाले आफुलाई सहयोाग गर्न मन लागेको श्रेष्ठले बताइन् ।

उक्त विद्यालयमा अध्ययन गर्न दलित सम्ुदायका विद्यार्थीहरुको अबस्था कमजोर रहेको देखे, जाडोको बेलामा केहि भएपनि राहत हुन्छ कि भन्ने सोचका साथ मैले सहयोग गरेकी हुँ उनले भनिन् ।  आफ्नो बाजेको जन्मथलो भएको कारणले पनि त्यहाँको विद्यालयलाई सहयोग गर्ने मन जागेको उनले बताइन् । आगामी बर्षमा पनि आफुले सक्दो  यस्तै सहयोग अन्य विद्यालयलाई पनि गर्ने र गर्दै जाने आफ्नो सोच रहेको उनले भनिन् । उनी जिल्लामा रहेको लायन्स कुश्मा सिटि, धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लगायतका अन्य संस्थामा समेत लागेर सामाजिक कार्यमा जुटेकी छिन् ।

विद्यालयका प्रधानाध्यापक जगदीशराज शर्माले श्रेष्ठले पुण्य काम गरेको बताए । दलित बालबालिकाको संख्या बढी रहेको अर्मादी विद्यालयका बालबालिकाको पीडालाई आफ्नो पीडा बोध गरी उनीहरुको लागि केहि हदमा जाडोको लागि न्यानो कपडाको जोहो गरी पुण्य काम गरेको भन्दै  आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा विद्यालयले गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमनाथ आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका राधा कुमारी क्षेत्रीले  गरेकी थिइन भने कार्यक्रमको संचालन शिक्षक महेन्द्र कुमार जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु