मंसिर २३ पर्वत ।कुश्मा नगरपालिका २ का स्थानीय मुखियाका खानदानहरुले सार्वजानिक सम्पत्तिमा आफ्नो रजाई गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २३ पर्वत ।कुश्मा नगरपालिका २ का स्थानीय मुखियाका खानदानहरुले सार्वजानिक सम्पत्तिमा आफ्नो रजाई गरेका छन् । 

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सार्वजनिक सम्पत्तिमा मुखियाका खानदानको रजाई

२०७३, २३ मंसिर बिहीबार ०५:३४

मंसिर २३ पर्वत ।कुश्मा नगरपालिका २ का स्थानीय मुखियाका खानदानहरुले सार्वजानिक सम्पत्तिमा आफ्नो रजाई गरेका छन् । 

कुश्मा नगरपालिका २ पाङको कुनाचौरमा रहेको अन्दाजी ११ रोपनीमा फैलिएको आापको बगैचा स्थानीय चन्द्र दत्त मुखियाका नातिहरुले अतिक्रमण गरेका हुन् । भिमसेन थापाको पालामा गौचरणको रुपमा ताम्रपत्रमा लेखि सार्वजाकिक गरिएको कित्ता नं १९ को  अन्दाजी ११ रोपनी सार्वजानिक आँपको बगैचासहितको जग्गा मुखियाँका नातिहरु रामप्रसाद रिजाल, भक्तविलास रिजाल, कृष्ण प्रसाद रिजाल, मोहनप्रसाद रिजाल, तेजनाथ रिजाल लगायतले गैरकानूनी तबरबाट व्यक्तिको नाममा जग्गा नाम पास भएको भन्दै बगैचामा रहेका आँप र चाँपका रुखहरु १६ लाखमा विक्रि तथा फडानी गरेपछि स्थानीयबासी जिल्ला प्रसाशनमा गुहार्न आएका छन् । आजको सहारान्यूज दैनिकले खबर छापेको छ ।

कुनाचौरमानै रहेको    धैरेनी सामु्दायिक बन क्षेत्रमा पर्ने सार्वजानिक जमिन तथा सालको पाखो समेत अतिक्रमण गरी मुखियाका परिवारको स्वामित्व रहने गरी नक्सा पास तथा भोग चलनको लागि दर्ता गराउने  तयारी भएको स्थानीयबासीले खबर पाएपछि उक्त कार्य रोकी बगौचा फडानी गर्नेलाई कानूनी कारवाही गर्न माग गर्दै स्थानीबासी जिल्ला प्रसाशनमा आएका हुन् । उनीहरुले अख्तियारमा समेत उजुरी दिएका छन् । 

स्थानीय नारायाण रिजालको नेतृत्वमा २३ जनाको कमिटिनै गठन गरी उनीहरुले उक्त सार्वजानिक जग्गा अतिक्रमण रोकथामको लागि प्रसाशन गुहारेका हुन् । कमिटिमा  नेत्र प्रसाद रिजाल, झलक रिजाल, अर्जुन रिजाल, लिलाधर रिजाल, कृष्ण रिजाल रहेका छन् । त्यस्तै अन्यमा अर्का  कृष्ण रिजाल, अर्जुन रिजाल, महदत्त रिजाल,बालनन्द रिजाल, बाबुराम रिजाल, पिताम्बर रिजाल, रुपा नेपाली, पदम बहादुर नेपाली, श्रीकला रिजाल, चिन्तामणी रिजाल, अम्बरबहादुर घर्ती, खड्क बहादुर घर्ती, झलक श्रेष्ठ, खड्क श्रेष्ठ, लाल बहादुर श्रेष्ठ लगायत रहेका छन् ।


स्थानीय नारायण रिजालले मुखियाका नातिहरुले ताम्रपत्र लु्काएर आफ्नो नाममा तत्कालीन मालपोत कार्यालयका हाकिमहरुसँग मिलिमतो गरे सार्वजानिक सम्पत्ति ९ जना मुखियाका नातिहरुको संयुक्त नाममा बनाएको हुन सक्ने आशंका गरे । 

सार्वजानिक चौरमा रहेका ठूला आप र चापका बोटहरु मुखियाँका नातिहरुले काटेर विक्रि गरिसेकको छ र चौरको वरपर पर्खाल लगाउने तयारी गरेको उनले बताए । वि.सं २०४९ सालदेखि मुखियाँका नातिहरुले उक्त गौचरण तथा शिव गुठीको जग्गा सार्वजानिकनै रहेको भन्दै गुपचुप गरी एकाएक अहिले चौरमा भएका रुखहरु ढलाएर वित्रिवितरण गरेपछि सार्वजानिक जग्गा व्यक्तिको नाममा भैसकेको हुनसक्ने आशंका देखिएको उनले बताए । सार्वजानिक जग्गाको रुख काटिएपछि आफुहरुले जिल्ला प्रशासन र अख्तियार गुहार्ने बाहेक अरु विकल्प नरहेकोले आफुहरु सार्वजानिक जग्गा अतिक्रमणबाट रोक्नको लागि प्रशासनमा आएको बताए ।

नापी ऐन २०१९ को दफा ६ को उपदफा ६ मा उल्लेख भएका नियम अनुसार जग्गा व्यक्तिको नाममा नामसारी भएको हुनसक्ने उनले बताए । २०१९ को धारा ६ को उपधारा ६ मा बडा अध्यक्षको सिफारिसमा वा भोग     गरेको आधारमा जग्गा व्यक्तिको नामसारी हुने उल्लेख गरेको हुनाले दुइ सर्त अनुसार कुनै एक सर्तका आधारमा नापीले नक्सा पास गरेको हुनसक्ने देखिएको छ ।

जिल्ला बन कार्यालयका पर्वतका जिल्ला बन अधिकृत कृष्ण ढकालले धैरेनी सामुदायिक बन क्षेत्र भित्रको कुनै पनि सार्वजानिक जग्गा अधिकरण नभएको बताए । उनले धैरेनी सामुदायिक बन क्षेत्रको जग्गा अधिकरण नभएको तर गुठीको भए आफुहरुसँग कुनै पनि सरोकार नराख्ने बताए । सार्वजानिक गुठीको जग्गा अधिकरण भएको छ भने त्यो हाम्रो कार्य क्षेत्रभित्र पर्दैन बन भित्रको सार्वजानिक जग्गा     अधिकरण भएको छैन ढकालले     भने ।

जिल्ला मालपोत कार्यालयका मालपोत अधिकृत सुरण प्रसाद पौडेलले उक्त जग्गा ०४९ सालमानै दर्ता भएको हुनसक्ने बताए । 

नापीको श्रेता अनुसार मालपोत कार्यालयमा ९ जना व्यक्तिको नाममा दर्ता भएको देखिएको उनले बताए । नापीकै पालामा उक्त जग्गा व्यक्तिको नाममा संयुक्त रुपमा दर्ता भएको देखिन आएको उनले बताए । उक्त सार्वजानिक क्षेत्रको तत्तकालीन अबस्थाका प्रमाणहरु जुटाउनको लागि भन्दै मालपोत कार्यालयमा निवेदन आएको र आफुहरुले खोजी गरीरहेको समेत बताए ।

जिल्ला नापी कार्यालयका नापी अधिकृत सुवास भण्डारीले पाङमा भएको सार्वजानिक जग्गा अधिकरण सम्बन्धी कुनै पनि जनाकारी आफुकोमा नआएको बताए । आफु भर्खरमात्रै जिल्लामा आएको हुनाले उक्त विषयमा अससम्म पनि कुनै पनि जानकारी तथा पत्र नआएको हुनाले त्यस विषयमा आफुले केहि बोल्न नसक्ने बताए ।

कुश्मा नगरपालिकालका सूचना अधिकृत लालप्रसाद आचार्यले नगरपालिकामा सार्वजानिक जग्गाको बारेमा छानविन गर्नको लागि निवेदन परेको बताए । 

नगरपालिकाले त्यसविषयमा आधिकारी रुपमा छानविन शुरु नगरेको तर जिल्ला बन कार्यालयको नेतृत्वमा नापी, र नगरपालिका वडा सचिवको नेतृत्वको अनुगमनले मुचुल्का उठाएर ल्याएको बताए । मुचुल्कामा अझै पनि एकिन नभएकोले त्यसविषयमा केहि भन्न सकिने अबस्था नरहेको तर नगरपालिकाले चाँडैनै त्यसको छानविन र निकास गर्ने उनले  बताए । 

जिल्ला प्रशासन कार्यालय पर्वतका प्रजिअ शम्भूप्रसाद मरासिनीले टेलिफोन मार्फत सार्वजानिक जमिन व्यक्तिको नाममा पास भएको पाङको घटनाको        बारेमा जानकारी लिन खोज्दा आफु खाना खान लागेको र भोलि विहानमात्रै त्यसको बारेमा जानकारी दिन सक्ने भन्दै उनले फोन काटे ।


नारायाण रिजाल समेतले जिल्ला प्रशासन,अख्तियार, मालपोत, बन कार्यालय, नापी र नगरपालिकामा उक्त विषयमा छानविन तथा अनुसन्धान गरी पाउन भनि निवेदन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन