१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रहरीले ज्यादति गरेको भन्दै धनगढी बन्द

२३ मंसिर २०७३, बिहीबार १०:०६

मङ्सिर २३, धनगढी  । नेकपा (एमाले) र जनमोर्चाका कार्यकर्ताले बुधबार यहाँ गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको विरोधमा आज बजार बन्द गरेका छन् । 

बन्दका कारण यस क्षेत्रमा व्यापार व्यवसाय शैक्षिक संस्था ठप्प हुँदा जनजीवन पनि प्रभावित भएको छ । बन्दका कारण आज धनगढीबाट लामो तथा छोटो दूरीमा चल्ने कुनै पनि सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् । 

संविधान संशोधन विधेयकको विरोधमा रहेका नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यहाँको कार्यक्रमलाई लक्षित गरी गरिएको प्रदर्शनका क्रममा झडपसमेत भएको थियो । झडपमा आफूसहित आठजना प्रदर्शनकारी घाइते भएको एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल