सम्राट सिंह | मङ्सिर २३, बझाङ | लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियानलाई पनि बझाङका महिलाहरुले राजनितिक रुप दिइरहेका छन ।

आज लैङ्गिक हिंसा विरुद्घको १३ औँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | मङ्सिर २३, बझाङ | लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियानलाई पनि बझाङका महिलाहरुले राजनितिक रुप दिइरहेका छन ।

आज लैङ्गिक हिंसा विरुद्घको १३ औँ"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अभियानलाई पनि राजनितिक रुप दिदै बझाङका महिला

२३ मंसिर २०७३, बिहीबार ११:४१

सम्राट सिंह | मङ्सिर २३, बझाङ | लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियानलाई पनि बझाङका महिलाहरुले राजनितिक रुप दिइरहेका छन ।

आज लैङ्गिक हिंसा विरुद्घको १३ औँ दिन चलिरहँदा सदरमुकाम चैनपुरमा नेपाली काँग्रेस निकट महिला संघ र नेकपा एमाले निकट अखिल महिला संघले छुट्टा–छुट्टै  अभियान संञ्चालन गरेका हुन । 

घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसा मुक्त समाज भन्ने मुल नाराका साथ जिल्लामा संञ्चालन भएको अभियानलाई सबै महिला मिलेर संञ्चालन गर्नुको साँटो पार्टी निकट महिलाहरुका भिन्न भिन्नै कार्यक्रम संञ्चालन गर्नुले जिल्लामा हिंसा पिडित महिलाका लागि नभई पार्टीका लागि कार्यक्रम गरेको सहजै अनुमान गर्न सकिन्थ्यो ।

लैङ्गिक हिंसा विरुद्घको एक अभियानलाई महिला संघ बझाङकी अध्यक्ष शान्ति बोहरा ( पुजारा) ले नेतृत्व गरेको थियो भने नेकपा एमाले निकट अखिल महिला संघको नेतृत्व बिष्ना नेपालीले गरेको थियो ।

सबै महिला मिलेर लैङ्गिक हिंसा विरुद्घको अभियान संञ्चालन गरौँ भनेर पटक पटक आग्रह गरेका थियौँ महिला संघकि जिल्ला अध्यक्ष बोहराले भनिन् नेकपा एमाले निकट अखिल महिला संघले नमानेपछि छुट्टा छुट्टै कार्यक्रम संञ्चालन गरेको हो ।

हिंसा पिडित महिलाहरुका आवाज सबैले उठाउनु पर्ने ठाउँमा महिलाहरु नै यसरी पार्टीको जस्तो  छुट्टा छुट्टै कार्यक्रम गरेपछि पिडित महिलाहरुमा भने निराशा छाएको छ ।

यता अखिल नेपाल महिला संघको नेतृत्व गरिरहेकी बिस्ना नेपालीले काँग्रेस निकट महिला संघ आवद्घ महिलाहरुले नै सँगै कार्यक्रम गर्न नमानेपछि बेग्ला बेग्लै कार्यक्रम गरेको बताइन् ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु