राकेश कौशल | मङ्सिर २३, धनगढी | कानून जानौं, कानून पालना गरौं र कानून निर्माणमा सहभागी बनौं भन्दै सुदूरपश्चिमको कैलालीबाट प्यारालिगलहरुले एक अभियानको थालनी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राकेश कौशल | मङ्सिर २३, धनगढी | कानून जानौं, कानून पालना गरौं र कानून निर्माणमा सहभागी बनौं भन्दै सुदूरपश्चिमको कैलालीबाट प्यारालिगलहरुले एक अभियानको थालनी "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

‘कानून जानौं, कानून पालना गरौं र कानून निर्माणमा सहभागी बनौं’ अभियान शुरु

२३ मंसिर २०७३, बिहीबार १३:१४


राकेश कौशल | मङ्सिर २३, धनगढी | कानून जानौं, कानून पालना गरौं र कानून निर्माणमा सहभागी बनौं भन्दै सुदूरपश्चिमको कैलालीबाट प्यारालिगलहरुले एक अभियानको थालनी गरेका छन् ।

अभियानको प्रारम्भ धनगढी उपनगरपालिका वडा नंं. १ का सचिव महेश दाहाल ले गर्नुभएको छ । अभियानको थालनी गर्दै वडा नं. १ सचिव महेश दाहालले सरकारी निकाय, जनता र प्यारालिगलको समन्वयले सरकारी काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउन सकिने बताउनुभयो । देशमा संविधान आईसकेको वर्तमान अवस्थामा कानूनको जानकारी राख्नु, प्रयोग गर्नु र निर्माणमा सहभागी हुनु अपरिहार्य भएको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै “जातीय विभेद उन्मूलनका लागि वकिलहरुको राष्ट्रिय अभियान (ल्यानकाउ नेपाल)” कैलालीका प्यारालिगल अमृत वि.सीले यो अभियानले कानूनको जानकारी र प्रयोगद्वारा जनतालाई शसक्त त बनाउने नै छ र यसले नीति निर्माणमा मद्दत पुर्याउने बताए । 

कार्यक्रममा बोल्दै अधिकारकर्मी रिता पार्की, लक्ष्मी वि.क र कामना टमट्टाले कानूनको प्रयोगले अधिकार सुनिश्चित हुने बताए ।

“हिंसाले होइन कानूनको प्रभावकारी कार्यान्वयनले सामाजिक क्रान्ती सम्भव हुने” उनीहरुको भनाईथियो । अभियानको उद्घाटन समारोहमा ठुलो संख्यामा दलित महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु