सलिम अन्सारी | मंसिर २४, प्युठान | पुर्वाञ्चलमा आगामी पौषमा हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मद्ययपश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने  महि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी | मंसिर २४, प्युठान | पुर्वाञ्चलमा आगामी पौषमा हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मद्ययपश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने  महि"/>
१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

मध्यपश्चिमान्चल स्तरिय महिला भलिवल प्रतियोगिताको छनौट खेल सम्पन्न

२४ मंसिर २०७३, शुक्रबार १६:२०

सलिम अन्सारी | मंसिर २४, प्युठान | पुर्वाञ्चलमा आगामी पौषमा हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मद्ययपश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने  महिला भलिबल खेलाडीहरुको क्षेत्रीय छनौट प्रतियोगिता प्युठानमा सम्पन्न भएको छ ।

शुक्रबार  सम्पन्न  छनौट चरणको फाइनल खेलमा प्रथम,द्धितिय र तृतिय क्रमश दाङ, रोल्पा र जुम्ला भएका छन।  दाङले रोल्पालाइ फाइनलमा पराजित गरेको हो । आगामी पौष ८ देखि २५ गते सम्म बिराटनगरमा आयोजना हुन लागेको सातौ राष्ट्रीय खेलकुद प्रतियोगिता २०७३ मा सहभागिताका लागि मध्यपश्चिमका  १५ जिल्लाबाट १२ जना महिला भलिबल खेलाडी छनौट गरिएको आयोजक जिल्ला खेलकुद बिकास समिती प्युठानका अध्यक्ष श्याम थापाले जानकारी दिए ।

उनका अनुसार  प्युठानबाट समेत १ जना महिला खेलाडि खेलमा सहभागी हुने छिन। क्षेतृय महिला भलिबल छनौट प्रतियोगिता चार दिन सम्म सन्चालन भएको थियो। खेल अबधीभर राष्ट्रीय भलिबल खेलका पुर्ण चापागाइले मुख्य एम्पायरको भुमिका निर्बाह गरेका थिए।

जिल्लाको गणतान्त्रीक खेल मैदान बिजुवारमा  भएको  क्षेतृय स्तरको छनौट प्रतियोगिता हेर्नका लागि उल्लेख्य मात्रामा दर्शकको सहभागिता रहेको थियो । जिल्ला खेलकुद बिकास समिती प्युठानले खेलको आयोजना गरेको हो। 

बिजेता टिमलाइ पुरुस्कार सहित बिदाइ

यसै बिच क्षेतृय महिला भलिबल छनौट प्रतियोगिताका बिजेताहरुलाइ जिल्ला खेलकुद बिकास समिती प्युठानले पुरुस्कार सहित बिदाइ गरेको छ।

राष्ट्रीय खेलकुद बिकास समितीले पुरुस्कारको ब्याबस्था नगरे पनि जिल्ला स्थित समितिले खेलाडिको हौसला बढाउन पुरुस्कारको ब्याबस्था गरेको हो।उस्ले जिल्ला स्थित विभिन्न संस्थासंग समन्वय गरि पुरुस्कार उपलब्ध गराएको बताएको छ।बिजेता हुने प्रथम,द्धितिय र तृतिय समुहलाइ क्रमश १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाणपत्र र मेड्ल प्रदान गरिएको थियो।कालिका बिकास केन्द्र बिजुवारले प्रथम,प्युठान उधोग बाणिज्य संघले द्धितिय र निर्माण ब्याब्सायी संघ प्युठानले तृतिय पुरुस्कारको सौजन्य गरे ।

जिल्ला खेलकुद बिकास समिती प्युठानका अध्यक्ष श्याम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन  सद्स्य जाल बहादुर केसिले गरेका थिए। मध्यपश्चिम खेलकुद बिकास समितिका अध्यक्ष भिम ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  क्षेतृय सद्स्य रिता कोइराला सहित जिल्ला स्थित राजनितिक दल,सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिका साथै खेलप्रेमिहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल