१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

क्षेत्रिय भलिबल प्रतियोगितामा अछाम र कञ्चनपुुर शिर्ष स्थानमा

२५ मंसिर २०७३, शनिबार १३:३६

पूर्णबहादुर खड्का | मंसिर २५, अछाम । सुदूरपश्चिमाअञ्चल स्तरिय क्षेत्रिय छनोट प्रतियोगिताको दोश्रो दिन आज ७ वटा खेल सम्पन्न भएका छन । आज भएका ७ वटा खेलमा अछम, डडेलधुरा, कञ्चनपुर र डोटी बिजयी भएका हुन ।

प्रतियोगिताको चौँथो तथा आजको पहिलो खेलमा अछामले बैतडीलाई पराजित गरेको छ । खेलको पहिलो सेटमा अछामले बैतडीलाई १८ का बिरुद्ध २५ ले जित निकाले पनि दोश्रो सेटमा बैतडीले २३ का बिरुद्ध २५ ले जित निकाल्यो । खेलको तेश्रो सेटमा अछामले बैतडीलाई १९ का बिरुद्ध २५ ले पराजित गरेको थियो । प्रतियोगिताको ५ औँ खेल अन्र्तगत कञ्चनपुर र बाजुरा बिच भएको खेलमा कञ्चनपुरले बाजुरालाई पराजित गरेको छ । खेलको पहिलो सेटमा बाजुराले कञ्चनपुरलाई २२ का बिरुद्ध २५ ले जित निकाले पनि खेलको दोश्रो तथा तेश्रो सेटमा कञ्चनपुरले लगातार १५, २५ र ७, २५ ले जित हासिल गरेको थियो । प्रतियोगिताको छैटौँ खेलमा दार्चुलालाई डडेल्धुराले लगातार २३, २५ र १३, २५ ले पराजित गर्यो ।

यस्तै ७ औँ खेलमा कञ्चनपुरले बैतडीलाई हराएको छ । लगातार दुई सेटमा कञ्चनपुरले १९, २५ र १३, २५ ले जित निकालेको हो । प्रतियागिताको आठौँ खेल अन्र्तगत अछाम र बझांग बिच भएको खेलमा अछामले कडा प्रतिष्पर्धाका बिच जित हासिल गर्न सफल भएको थियो । अछाम घरेलु मैदानमा भएपनि बझांगसंग जित निकाल्न अछामलाई हम्मे हम्मे परेको थियो । खेलको सुरुको सेट बझागंले २३ का विरुद्ध २५ ले जित हासिल गर्यो भने त्यसपछिका दुई सेटमा अछामले लगातार २६, २८ र २२, २५ ले जित हासिल गर्न सफल भयो । यस्तै डोटी र डडेलधुरा बिच भएको प्रतियोगिताको ९ औँ खेलमा डोटीले जित निकालेको छ । डोटीले डडेलधुरालाई लगातार २२, २५ र १९,२५ ले पराजित गरेको थियो । आज भएको अन्तिम तथा प्रतियोगिताको १० औँ खेलमा कञ्चनपुरले बझागंलाई पराजित गरेको छ । कञ्चनपुरले २१, २५ तथा १९, २५ ले बझांगलाई पराजित गरेको हो ।

आज भएका ७ वटा खेलमा अछाम २ खेलमा बिजयी भएको छ भने कञ्चनपुर तिन खेलमा बिजयी भएको हो । यस्तै डोटी र डडेल्धरा एक एक खेलमा बिजयी भएका छन । बाजुरा, बैतडी, बझागं र  दार्चुलाले भने आजका कुनै पनि खेलमा जित हासिल गर्न सकेनन् । बाजुरा र बैतडी लगातार ३ खेलमा पराजित भईसकेको छ भने बझागं दुई खेलमा पराजित र एक खेलमा बिजयी भएको छ । डोटी र डडेल्धुरा एक एक खेलमा बिजयी तथा एक एक खेलमा पराजित भएका छन । यस्तै दार्चला भने एक खेलमा पराजित भएको छ । कैलाली एक खेलमा बिजयी भएको छ । लिग चरणमा खेलाईएको खेलमा समुह चरणको ख बाट अछाम र कञ्चनपुर शिर्ष स्थानमा रहेका छन भने समुह चरण क बाट कैलाली अगाडी छ भने डोटी दोश्रौ स्थानमा छ । प्रतियोगिताको ११ औँ खेलमा भोली आईतबार बाजुरा र बैतडी बिच खेल संचालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल