पूर्णप्रसाद न्यौपाने / मङ्सिर २६, ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको छ । जिल्ला प्रवेश "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २६, ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको छ । जिल्ला प्रवेश "/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जनपक्षीय प्रशासक एकदेव अधिकारीको सरुवा,ओखलढुंगाबाट भव्य विदाई

२०७३, २६ मंसिर आईतवार ०२:०४


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २६, ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको छ । जिल्ला प्रवेश गरेसँगै जनपक्षीय प्रशासकको भूमिका निर्वाह गर्दै आउनुभएका प्रजिअ अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको हो । नौ महिना अघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर ओखलढुंगा प्रवेश गर्नुभएका अधिकारीले जिल्लामा निकै सकृयताका साथ जनपक्षीय प्रशासकको भूमिकामा रहेर काम गर्नुभएको थियो । जनताको काममा सहज र सरलढंगले यथा सक्य चाँडो गर्ने प्रजिअका रुपमा परिचीत अधिकारी जिल्लाका भूकम्प पीडितहरुको पीडामा मल्हम लगाउन निकै सकृय हुनुभयो । सरुवा भईसके पछिका दिनहरुमा पनि प्रजिअ अधिकारी जिल्लाको विकास र रुपान्तरण सँगै भूकम्प पीडितका पिडालाई कमगर्ने विषयमा छलफल र निर्णय गर्नमै व्यस्त देखिनु भएको थियो ।


जिल्लाका सबै सरोकारवाला र सर्वसाधारण तथा कर्मचारीहरु माझ लोकप्रीय बन्नु भएका प्रजिअ अधिकारीकै बढि सकृयतामा भूकम्प प्रभावित १४ जिल्ला मध्ये ओखलढुंगामा अनुदान तथा राहत वितरणको काम पनि सबैभन्दा छिटो र सहज रुपमा अघि बढिरहेको छ । अन्य धेरै नयाँ र उपलब्धी मुलक कामको सुरुवात र संस्थागत गर्नेकाम उहाँको पालामा भएका छन् । सरकारी कार्यालयहरुमा विचौलीया अन्त्य, दुव्यवहार र अनियममीतता निर्मूल पार्न प्रजिअ अधिकारी जिल्लामा खुब लागि पर्नुभएको थियो । भने सार्वजनिक निकायलाई जिम्मेवार बनाउन पनि उहाँले खेलेको भूमिको सबैले प्रशंसा गरिरहेका छन् । 


प्रजिअ अधिकारीकै कार्यकालमा खिजिफलाटेमा ईलाका प्रशासन स्थापना भयो, नागरिससँग सरोकार राख्ने सबैकामहरु दिनरात नभनि गर्ने अधिकारीको मोलुङ हाईड्रोमा उत्पन्न विवाद समाधानमा पनि विषेश भूमिका देखिएको थियो । जिल्लामा वर्षौ अघि देखि ठप्प रहेका विकास निर्माणका कामहरु उहाँका पालामा सुरु भएका छन् । आईपरेका चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ भन्दै समस्यालाई सहजरुपमा लिने प्रजिअ अधिकारीबाट ओखलढुंगाले केहि सिक्नु पर्ने कांग्रेस नेता रुद्र प्रसाद अधिकारीको भनाई छ । सरुवा भएपछि  पनि उहाँका गुनगान गाउनेहरु प्रशस्तै भेटिएका छन् ।


प्रजिअ बनेर आउनेहरुले जनताको पक्षमा कामगर्न ढिलाई गर्ने एक पक्षीय काम गर्ने जनतासँग प्रत्यक्ष कम सरोकार राख्ने जस्ता प्रशासकको अनुभव गरेको भएता पनि अधिकारीको कार्याकालमा त्यो अवस्था भोग्नु नपरेको कतिपयको भनाई छ । अधिकारीले पूर्णप्रेस स्वतन्त्रताका पक्षमा रहेर जिल्लाका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई पनि नजिकैबाट सहयोग गर्नुभएको थियो ।


प्रजिअ अधिकारीलाई कर्मचारी मिलन केन्द्र,भिजन नेपाल साप्ताहिक, ओखलढुंगा उद्योग वाणिज्य संघ लगाएतले भव्य विदाई गरेका छन् । असल  र सकृय प्रशासक अधिकारीको सरुवाले ओखलढुंगाका धेरैजसो नागरिक र सरोकारवालाहरु दुःखी भएका छन् । ओखलढुंगामा अब फणिन्द्र दाहाल प्रमुख जिल्ला अधिकारी आउनुहुने जनाईएको छ ।


सरुवा पछि सँधै ओखलढुंगाको विकासका पक्षमा रहेको प्रतिवद्धता सहित कार्यकालमा सहयोग गर्ने सबैलाई प्रजिअ अधिकारीले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन