१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

नेपाली सेनाबाट फलामे पुल निर्माण

२६ मंसिर २०७३, आईतवार ०४:५३

मङ्सिर २६, रसुवा । नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्ने स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माणको कार्य दु्रत रूपमा अगाडि बढाउन उपकरण ढुवानीका लागि फलामे पुल (बेलिब्रिज) निर्माण भएको छ । 

नेपाली सेना स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण कार्य दलका प्रमुख प्राविधिक सेनानी सञ्जय केसीका अनुसार हाकु गाविसको वडा नं ९ र राम्चे गाविस–१ बीच मैलुङ दोभानको त्रिशूली नदीमा फलामे पुल निर्माण गरिएको हो । 

सामान ढुवानीका लागि २४ टन भारबहन क्षमताको १२० फिट लामो सो पुलले सडक निर्माणमा चाहिने उपकरणलगायत सबै प्रकारका निर्माण सामग्री निर्माणस्थलमा लैजान सहज भएको र केही समयपछि सोही आसपासमा अर्को पक्की पुल निमाण भएपछि सो पुल झिकिने कार्यदलले जनाएको छ । 

सरकारको निर्देशन बमोजिम डेढ वर्षभित्र १७ किमी डबल लेनको (सडक) राजमार्ग निर्माणको काम दु्रत रूपमा अगाडि बढिरहेको र हालसम्म लगभग चार हजार मिटरमा ट्र्याक खुली दुई किमी सडक डबल बनाउने कार्य सम्पन्न भइसकेको बताइएको छ । 

कडा चट्टानले पैदलसमेत हिँड्न सम्भव नभएको भौगोलिक विकट क्षेत्रमा राष्ट्रिय गौरवको सडक निर्माणमा नेपाली सेनाले गरेको कार्य गुणस्तर तवरले अगाडि बढेको देखिएको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विगतमा त्रिशूलीदेखि सोम्दाङसम्मको १०५ किमी सडक नेपाली सेनाले निर्माण गरेको बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल