मंसिर २६ पर्वत । गत वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको जिल्लाको एक विद्यालयको पुनःनिर्माण कार्य शुरु गरिएको छ ।

राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । गत वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको जिल्लाको एक विद्यालयको पुनःनिर्माण कार्य शुरु गरिएको छ ।

राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो ।"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दाताको सहयोगमा विद्यालयको पुनःनिर्माण शुरु

२६ मंसिर २०७३, आईतवार ०६:३४

मंसिर २६ पर्वत । गत वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको जिल्लाको एक विद्यालयको पुनःनिर्माण कार्य शुरु गरिएको छ ।

राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो । 

भूकम्पले विद्यालयका १६ वटा कक्षाकोठामा पूर्णरुपले क्षति भएपछि पालको भरमा कक्षा संचालन हुदै आएको उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालय पर्वत र तीन वटा सहयोग संस्थाको सहयोगमा पुनः निर्माणको कार्य शुरु गरिएको विद्यालयका प्रचार्य गोविन्द जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालय पर्वतको रु ४८ लाख, केयर फर नेपाल नामक संस्थाको रु ४९ लाख, तिनचुली नेपाल संस्थाको रु ३५ लाख र युनिसेफको रु ३५ लाख तथा विद्यालयको रु दुई लाख      गरी रु एक करोड ७० लाखको लागतमा १० कोठे भुकम्प     प्रतिरोधी भवनको निर्माण कार्य शुरु गरिएको उनले बताए ।

जिल्ला शिक्षा कार्यालय र दाताहरुको सहयोगमा विद्यालयमा १० कोठे भवन निर्माण कार्यको थलानी भएको प्रचार्य शर्माले बताए । उक्त भवन आगामी एकबर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गरिएको विद्यालयले जनाएको छ । यसबाहेक भूपू विद्यार्थीले भूकम्पपछिको तत्काललाई अस्थायी टहरा निर्माण गर्न तथा फर्निचर व्यवस्थापन र अन्य भौतिक पूर्वाधार निर्माण गर्नका लागि रु ४२ लाख सङ्कलन गरेका छन् । पूर्णरुपमा क्षति भएको विद्यालयमा अहिले अस्थायी  टहरा तथा बाँकी रहेका भवनलाई सामान्य मर्मत गरेर पठनपाठन सञ्चालन गरिदै आइरहेको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ५५० विद्यार्थी अध्ययनरत रहेका छन् । उच्च माविमा मात्रै ९५ जना विद्यार्थी रहेका छन् । झन्डै छ दशकअघि बनेका भवन जीर्ण र गुणस्तरीय रुपमा निर्माण       नगरिएका कारण पनि भत्किएका हुन् । पर्वतका झन्डै एक दर्जन विद्यालय भूकम्पबाट पूर्णरुपमा क्षति भएको भए पनि आर्थिक अभावका कारण अन्य विद्यालय भने पुनःनिर्माण तथा मर्मत हुन सकेका छैनन् । अधिकांश विद्यालयका विद्यार्थी अहिले पनि जोखिमपूर्ण अवस्थामा पढ्न बाध्य भएका छन् । भने कतिपय विद्यालयमा अझै पनि पालको भरमा विद्यालय संचालन गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु