मंसिर २६ पर्वत । गत वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको जिल्लाको एक विद्यालयको पुनःनिर्माण कार्य शुरु गरिएको छ ।

राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । गत वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको जिल्लाको एक विद्यालयको पुनःनिर्माण कार्य शुरु गरिएको छ ।

राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो ।"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दाताको सहयोगमा विद्यालयको पुनःनिर्माण शुरु

२०७३, २६ मंसिर आईतवार ०६:३४

मंसिर २६ पर्वत । गत वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको जिल्लाको एक विद्यालयको पुनःनिर्माण कार्य शुरु गरिएको छ ।

राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो । 

भूकम्पले विद्यालयका १६ वटा कक्षाकोठामा पूर्णरुपले क्षति भएपछि पालको भरमा कक्षा संचालन हुदै आएको उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालय पर्वत र तीन वटा सहयोग संस्थाको सहयोगमा पुनः निर्माणको कार्य शुरु गरिएको विद्यालयका प्रचार्य गोविन्द जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालय पर्वतको रु ४८ लाख, केयर फर नेपाल नामक संस्थाको रु ४९ लाख, तिनचुली नेपाल संस्थाको रु ३५ लाख र युनिसेफको रु ३५ लाख तथा विद्यालयको रु दुई लाख      गरी रु एक करोड ७० लाखको लागतमा १० कोठे भुकम्प     प्रतिरोधी भवनको निर्माण कार्य शुरु गरिएको उनले बताए ।

जिल्ला शिक्षा कार्यालय र दाताहरुको सहयोगमा विद्यालयमा १० कोठे भवन निर्माण कार्यको थलानी भएको प्रचार्य शर्माले बताए । उक्त भवन आगामी एकबर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गरिएको विद्यालयले जनाएको छ । यसबाहेक भूपू विद्यार्थीले भूकम्पपछिको तत्काललाई अस्थायी टहरा निर्माण गर्न तथा फर्निचर व्यवस्थापन र अन्य भौतिक पूर्वाधार निर्माण गर्नका लागि रु ४२ लाख सङ्कलन गरेका छन् । पूर्णरुपमा क्षति भएको विद्यालयमा अहिले अस्थायी  टहरा तथा बाँकी रहेका भवनलाई सामान्य मर्मत गरेर पठनपाठन सञ्चालन गरिदै आइरहेको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ५५० विद्यार्थी अध्ययनरत रहेका छन् । उच्च माविमा मात्रै ९५ जना विद्यार्थी रहेका छन् । झन्डै छ दशकअघि बनेका भवन जीर्ण र गुणस्तरीय रुपमा निर्माण       नगरिएका कारण पनि भत्किएका हुन् । पर्वतका झन्डै एक दर्जन विद्यालय भूकम्पबाट पूर्णरुपमा क्षति भएको भए पनि आर्थिक अभावका कारण अन्य विद्यालय भने पुनःनिर्माण तथा मर्मत हुन सकेका छैनन् । अधिकांश विद्यालयका विद्यार्थी अहिले पनि जोखिमपूर्ण अवस्थामा पढ्न बाध्य भएका छन् । भने कतिपय विद्यालयमा अझै पनि पालको भरमा विद्यालय संचालन गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन