३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा बृृहत् हात्ती महोत्सव मङ्सिर २८ देखि

२७ मंसिर २०७३, सोमबार ०२:३१

मंसिर २७, बर्दिया । बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ । 

यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो । 

महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधिअनुसार हात्ती पूजा समेतको सुरुवात गरिने जानकारी चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो । 

पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको ठाकुरद्वाराको हात्तीसारमा हुन लागेको महोत्सवमा स्थानीय थारु संस्कृति, झाँकी र विभिन्न स्थानीय नाच समेत गरिने र आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय थारु परिकारको आनन्द लिन सक्ने छन् । 

यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गणनामा बाघको सङ्ख्या बढेर ८५ पुगे पछि यस निकुञ्ज क्षेत्रमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक सङ्ख्या पनि अत्यधिक रहेकाले यस महोत्सवमा पर्यटकको सङ्ख्या अझ बृद्धि हुने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु