Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१३ पुष २०८२, आईतवार
कालिकोट - KLK

चुहिने घैटो देखि इको प्याड सम्म सहास नेपाल

२७ मंसिर २०७३, सोमबार ०३:४०



दलसिंह गिरी

२०७३ मंसिर २६ कालिकोट/झट्ट हेर्दा भनिन्छ कुनैपनि क्षेत्रको समुन्नत विकासका लागि आर्थिक ब्यवस्थापन अलि बलियो हुनुपर्छ अनिमात्र उक्त क्षेत्रको समुन्नत विकास हुनसक्छ । सानोतिनो लगानीले कुनै विकास हुन सकिदैन् भन्ने मानसिक सोचाईलाई बदलेकोछ सहास नेपालले केहि महिना पहिले अर्थात जनावारी २०१६ सुरु हुने बेला सहास नेपालले जिल्लाका ९ वटा गाविसका निश्चित क्षेत्रहरुमा कार्यक्रम संचालनका लागि आफ्नो कार्ययोजना सहितको अनुमानित गरिव १७ लाख बराबरको बजेट सार्बजनिक गरेको थियो । कार्यक्रम सार्बजनिकीमा उपस्थित जिल्लाका केही राजनैतिक दलहरुले त्यतिबेला यो सार्वजनिक गरेको बजेटले कुनै एउटा भौतिक योजना निर्माण गर्नेहो भने योजना सम्पन्न गर्न अपुग हुन्छ । तर तपाईले ९ वटा गाविसमा यी थुप्रै शिर्षकका कार्यक्रम कसरी सम्पन्न गर्न सक्नु हुन्छ ? यो बजेट त हातीको मुखमा जीरा जस्तै हुन्छ भनेर प्रतिप्रश्न तेस्र्याएका थिए । तर आज त्यही प्रतिप्रश्न तेस्र्याइएको कार्यक्रमको बार्षिक कार्यप्रगति तथा समिक्षा कार्यक्रममा त्यहि प्रतिप्रश्न त्येस्र्याउने नेताहरुले कार्यक्रम प्रभावकारी र उदाहरणिय भएको भन्दै प्रशंसा गरे । 


सहास नेपाल द्धारा कालिकोटमा संचालित खाध्य सुरक्षा र जीविकोपार्जनका लागि सामुदायिक सशक्तिकरण परियोजनाले नौ वटा गाविसमा समुदाय सशक्तिकरण कार्यक्रम मार्फत समुदायको स्तर उन्नती बढाएको कार्यक्रमका सहभागिहरुले बताएका छन् । फेल्म फिनल्याण्ड नेपालको आयोजना सहास नेपालको समन्वयमा जिल्ला सदरमुकाम मान्ममा आज आयोजित कार्यप्रगति तथा समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रमका सहभागिहरुले यस परियोजना मार्फत समुदायको प्रत्यक्ष प्रभाव पर्ने ससाना क्रियाकलापहरुको स्थीति विश्लेषण गरी कार्यक्रम अगाडी बढाएको भन्दै यस्तो बताएका हुन् । 

सहास नेपाल द्धारा जिल्लाका ४ वटा गाविस सिपखाना, मुम्रा, मेहलमुडी, रकु र स्थानीय साझेदार संस्था पचाल झरना राष्ट्रिय विकास समाज मार्फत जिल्लाका ५ वटा गाविस बदालकोट, राम्नाकोट, नानिकोट, फुकोट र स्यूनामा संचालित कार्यक्रम द्धारा लक्षित समुदायको संथागत क्षेमता विकास, लैंगिक समानता र महिला सशक्तिकरण, खाध्य सुरक्षा, लघुउद्यम तथा आयआर्जन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, सामुदायिक पूर्वाधार विकास, युवा परिचालन, बाताबरण तथा जलबायु परिवर्तन जस्ता विबिध अभियान संचालन गरी समुदायको सम्मुनत विकासका लागि उदाहरणिय काम गरेको सहभागिले बताएका छन् । 

समिक्षा कार्यक्रममा परियोजना मार्फत भए गरेका गतिविधिबारे सहास नेपाल कालिकोटका परियोजना अधिकृत नमराज संज्यालले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति विवरणका केही उदाहरणिय उपलब्धी बारे बताउदै परियोजनाले समुहमा चुहिने घैटो विश्लेशण मार्फत ५६ जनालाई जाड रक्सी, चुरोट, सुर्तीको लतबाट छुटाउने देखि लिएर महिला छाउ हुदा समाजमा गरिने ब्यवहार तथा नकरात्मक सोचाई बदली १८६ घरपरिवारले छाउपडी पर्था अन्त्य गरेको र स्वास्थ्य सरसफाईलाई ध्यान दिन स्थानीय सामाग्री प्रयोग गरी इकोप्याड बनाउने विधि सम्म सिकाउने काम गरेको भन्दै कार्यक्रमको प्रशंसा गरेका छन् ।

समिक्षा कार्यक्रमको अध्यक्षता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीले गर्नु भएको छ भने समिक्षामा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधि राजनैतिक दल, नागरिक समाज पत्रकार लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल