मंसिर २७ पर्वत ।धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफामा सेवारत साधुको स्वास्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर २७ पर्वत ।धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफामा सेवारत साधुको स्वास्"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुप्तेश्वर गुफाका साधुको स्वास्थ्य अबस्था चिन्ताजनक

२०७३, २७ मंसिर सोमबार ०५:४१


मंसिर २७ पर्वत ।धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफामा सेवारत साधुको स्वास्थ्य अवस्था गंम्भीर बन्दै गएको छ । दशकौ वर्ष पहिले देखि गुफामा धूनी जगाएर बस्दै आएका साधु बोलबम गिरी अहिले जिल्ला अस्पताल कुश्मामा उपचारारत     छन् । 

जिल्ला अस्पतालका प्रमुख डा.फणिन्द्र बरालका अनुसार साधुलाई निमोनियाको गंम्भीर असर छ । निमोनियाबाट ग्रसित भएपछि साधुलाई गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको पहलमा जिल्ला अस्पतालमा भर्ना गरिएको हो । करीव दुई हप्ता पहिलेदेखि साधुको उपचार जिल्ला अस्पतालमा       भईरहेको छ । 

अस्पतालका डा.सरोज दाहालको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले साधुको सक्दो उपचारसेवा गरिरहेको अवस्था छ । साधुलाई अस्पतालमा निमोनियाको औषधि दिईनुका साथै अक्सिजन दिई उपचार गरिहेको डा. दाहाल बताउँछन् । पहिले भन्दा शनिवारदेखि साधुको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका प्रमुख डा.बरालको भनाई छ । 

गुफा व्यवस्थापन समितिका सदस्यहरु प्रनिश गिरी, शिव सुवेदी साथै बाबाका भक्तहरु खेम गिरी, राजेन्द्र आचार्यले साधुलाई आईतवार तातोपानीले स्नान गराएका थिए । विरामी भएपछि चिसोका कारण स्नान समेत गर्न नसकेका साधु स्नानपछि धेरै खुशी भएका थिए । दिनहुँ विहान स्नान गर्नुपर्ने साधुले विरामी भएपछि स्नान गर्न नपाउदा दुःखेसो पोखेका थिए । 

गुफा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल श्रेष्ठले आफूहरुले बाबाजीको उपचारका लागि सक्दो पहल गरेको बताउदै उनले भने–‘बाबाको उपचारका लागि अस्पतालका स्वास्थ्यकर्मीको पहल सराहनीय छ । व्यवस्थापन समिति सदस्यहरुले पनि बाबाको सेवाका लागि सक्दो समय मिलाइएको नै छ । आवश्यक औषधि र अन्य आवश्यक सामानको बन्दोबस्ती समितिले गरेको छ ।’ आवश्यक परेमा थप उपचारका लागि पोखरा र काठमाडौ पुराउन व्यवस्थापन समिति पछि नपर्ने अध्यक्ष श्रेष्ठले बताए । उपचारमा सवै कुरा राम्रै भएपनि रातीको समयमा बाबाजीलाई अस्पतालमा सेवा पुराउनैका लागि भनी एक जना व्यक्ति समितिले खटाउन सकेको भए राम्रो हुने गुनासो अस्पताल स्रोतको छ । 

अस्पतालमा विरामी भई उपचार गराई रहेका साधुलाई भेट्ने भक्तजनको भने कमि छैन । विगत लामो समयदेखि गुफामा रहेर निस्वार्थ सेवारत रहेका साधुले जोकोही भक्तजनलाई पनि प्रसादी बाँड्ने र गुफाका बाँदर, परेवा, मुसालाई समेत अन्नप्रसादी बाँड्ने गर्दै आएका छन् । 

आफू भारतको गुजरातमा जन्मेको बताउने बाबालाई सवैले त्यागी र निस्वार्थी साधुको रुपमा चिन्दै र मान्दै आएका छन् । साधुलाई सर्वसाधारणले गुप्तेश्वर गुफाको गहना, आदर्श अनि गौरव ठान्छन् । करीव ९० वर्ष हाराहारी उमेरका साधु गुप्तेश्वर महादेवको सच्चा भक्त हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन