२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेवा महोत्सवको तयारी सकियो

२८ चैत्र २०७२, आईतवार ००:३८

चैत २८, पोखरा । पोखराको
बसुन्धरा पार्कमा संचालन हुने १३ औं फेवा नव बर्ष महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव आयोजक
समितिले शनिबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

चैत २८ देखि बैशाख २ गतेसम्म संचालन हुने महोत्सवमा खानाका मात्र विभिन्न १२ वटा र
अन्य ४० वटा स्टल रहने संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । फेवा तालको संरक्षण गरौं भन्दै
संस्कृति, पर्यटन र खानालाई मुख्य जोड दिएर यो महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले जानकारी
दिए । विदेशी नयाँ वर्ष भन्दा आफ्नै मौलिक नेपाली नयाँ वर्ष धुमधामसँग मनाउने उद्धेश्य समेत महोत्सवले
लिएको उनले बताए ।

महोत्सवमा २५ हजार पर्यटक र एक लाख भन्दा बढी
स्थानीय बासिन्दाले सहभागीता जनाउने महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए । महोत्सवमा सांस्कृतिक
कार्यक्रम, दोहोरी गीतका कार्यक्रम, पप कन्सर्ट, ब्यापारिक तथा बैंकका स्टलहरु पनि आकर्षणको रुपमा रहने
उनले जानकारी दिए । महोत्सवका अवसरमा होटलका विस्तारामा २० प्रतिशत छुटको पनि व्यवस्था गरिएको संयोजक
तुलाचनले जानकारी दिए । कृषि उपज स्टल र बाल उद्यानलाई समेत महोत्सवले समेट्ने छ । डुंगा दौड र पर्यटक
दौडका कार्यक्रम पनि हुने छन् ।

महोत्सवको पहिलो दिन स्थानिय
खहरेचोक बाट विहान ११ः०० बजे झाँकी सहतिको ¥यालीे शुुरु हुनेछ भने महोत्सवको औपचारीक उद्घाटन मध्यान्ह
१२ः३५ बजे महोत्सव स्थल वशुन्धरापार्कमा हुनेछ । उद्घाटन कार्यक्रम पश्चात विद्यालय स्तरिय लोक दोहोरी
प्रतियोगिता कार्यक्रमको साथमा विविध सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट रातको १०ः०० बजे सम्म
रहने संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दोश्रो दिन फेवातालको संरक्षण र जनचेतना अभिवृद्धि गर्ने हेतुले खुल्ला डुङ्गा दौड
प्रतियोगिता विहान ८ः००बजे वशुन्धरापार्क नजिक फेवाताल किनारमा आयोजना हुनेछ । विहान १०ः०० बजे देखी
विभिन्न ख्यातिप्राप्त गायक÷गायिका तथा व्याण्डद्वारा गायन प्रस्तुती, विद्यालय स्तरिय दोहोरी गीत
प्रतियोगिता साथै नाचगान कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट रातको १०ः०० बजे
सम्म रहनेछ ।

तेश्रो दिन विदेशी पर्यटकहरुलाई नेपाली नयाँ वर्ष
महोत्सवमा सहभागीता गराउन विहान ९ः००बजे स्थानीय हल्लनचोकबाट महोत्सव स्थल वशुन्धरापार्क सम्म खुल्ला
पर्यटक दौड प्रतियोगिताको आयोजना गरिएको छ । विहान १०ः०० बजे देखी विभिन्न ख्यातिप्राप्त गायक÷गायिका
तथा व्याण्डद्वारा गायन प्रस्तुती, विद्यालय स्तरिय दोहोरी गीत प्रतियोगिता साथै नाचगान कार्यक्रम,
विविध सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट, रेवान पोखराको सहकार्यमा साँझ ५ः०० बजे देखी मध्यरात
१२ः३० बजे सम्म हल्लनचोक देखी अम्बोट सम्म सडक महोत्सवका साथै सडकमा विविध साँस्कृतिक कार्यक्रम रहनेछ

चौथो दिने नयाँ बर्षको शुभकामना आदान–प्रदान विहान १०ः०० बजे
देखी विभिन्न ख्यातिप्राप्त गायक÷गायिका तथाव्याण्डद्वारा गायन प्रस्तुती, विद्यालय स्तरिय दोहोरी गीत
प्रतियोगिता साथै नाचगान कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट, रेवान पोखराको
सहकार्यमा साँझ ५ः०० बजे देखी रातको १०ः०० बजे सम्म हल्लनचोक देखी अम्बोट सम्म सडक महोत्सव का साथै
सडकमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना रहनेछ ।

अन्तिम दिन
विहान १०ः०० बजे देखी विभिन्न ख्यातिप्राप्त गायक÷गायिका तथा व्याण्डद्वारा गायन प्रस्तुती, विद्यालय
स्तरिय दोहोरी गीत प्रतियोगिता साथै मुख्य प्रायोजक, सह प्रायोजक र प्रायोजक, सहयोगी संघ संस्थाहरुलाई
मायाको चिनो प्रदान, सहभागी कलाकार तथा व्याण्डलाई सम्मान साथै पुरस्कार वितरण, नाचगान कार्यक्रम, विविध
सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट रातको १०ः०० बजे सम्म रहनेछ र १३ औं फेवा नव वर्ष महोत्सवको
समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य