२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको आन्दोनमा २०६२/०६३ को भन्दा बढि जनसागर

२७ मंसिर २०७३, सोमबार १०:०६

प्रेम सुनार,  मंसिर–२७, गुल्मी । ५ नम्वर प्रदेश  टक्राउन खोजिएको विरुद्ध गुल्मीको संयुक्त जनआन्दोनका आज १३ औं दिनको विशाल विरोध सभामा २०६२ /०६३ को जनआन्दोलनमा भन्दा बढि जनसागर उर्लिएको छ ।

 दशौं हजार भन्दा बढिको संख्यामा सदरमुकाम तम्घासमा निस्कीएको जुलुसको पछिल्लो पंक्ती लाँकुरी मञ्चमा हुँदा अगाडीको पंक्ति पुरै सडक भरीभराउँ पार्दै उदिनढुङ्गामा थियो । जिल्लाको सवै भन्दा ठुलो मैदान तम्घासो चिदीचौर भरिएको थियो भने पारी सडक किनारमा पनि मानिसहरुको उतिकै भिड थियो ।

   विशाल जनसागरलाई अव केहि वेर पछि नेपाली कांग्रेसका कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी , नेकपा एमालेका केन्द्रिय सचिव प्रदिपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य चन्द्रबहादुर खड्का उज्वल , सांसद कमला बिश्वकर्मामा , नेकपा मालेका केन्द्रिय सदस्य गोपालमणी गौतम लगायतका नेताहरुले सम्वोधन गर्दै छन् । 

आउने भनिएका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भैरहवमा प्लेन उनि पुग्न अघि नै छुटे पछि आउन नपाएको बताईएको छ । यो समाचार तयार पारी रहँदा नेकपा माओवादी केन्द्र गुल्मीका नेता भुपाल पोखरे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डे लगायतले सम्वोधन गरी सकेका छन् ।

   कार्यक्रम संयुक्त जनआन्दोलन परिचालन समितका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा चलिरहेको छ भने सञ्चालन सोमनाथ सापकोटाले गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव