११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

४ गाउँका स्थानियबासि दियोलो (झरो) बालेर बस्न बाध्य

२८ मंसिर २०७३, मंगलवार ०३:०३

नन्द बहादुर रोकाया, मंसिर २८, मुगु । मुगु सदरमुकाम सगैँ जोडिएको कार्किवाडा गाविस वडा नं १,२,३ र ४ मा रहेका दोबाट,कोश,कालजुर र कालपाल्तका स्थानीय दियोलो (झरो) बालेर बस्न बाध्य छन् । झण्डै १५० घर दुरी रहेको ४ गाउँका स्थानीय उज्यालोको रुपमा  दियालो बाल्न बाध्य भएका हुन । त्यहि बाट सदरमुकाममा बत्ति ल्याईएको भएपनी सो क्षेत्रमा बत्ति बाल्नका लागी केही प्रयास भएका छैनन् ।

गाउँमा बत्ति नहुदाँ सबै भन्दा धेरै समस्या त बिद्यार्थीहरुलाई भएको छ । जलबिद्युत आयोजना आफनै गा बि स मा भए पनि आफूहरु विद्युत सेवा बाट बन्चीत भएको कक्षा ९ मा अध्यनरत प्रकाश नेपालीले दुखेसो गनुभयो । दिउँस जति पढ्यो बिद्यालयमा पढ्छौ साँझ घरमा पढ्नको लागी बत्ति छैन दियालो बालेर पढ्दा आगलागीको डर हुने बिहाना उठ्दा नाक मुख कालो हुने हुदाँ  पठन पाठनमा निकै समस्या हुने गरेको छ गाउँकै सिरानबाट बिद्युतको लाईन् ल्याईएको छ । तर नजिकै रहेको हाम्रो  गाउँमा बत्ति छोडिएको छैन् उहाँले भन्नुभयो ।

मुगुमा २०६८ साल साउनको महिना बाट बत्ती बल्यो तर“आफुहरुले बत्ती बलेको बिगत ५ बर्ष यता सिरमा टेकाएर बिद्युत लाईन् सदरमुकाममा पठाएपनी आफुहरु दियो मुनीको अध्यारो मा बस्न बाध्य भएको सोहि गाउँका स्थानीय मनबहादुर नेपाली बताउनुभयो । उहाँका अनुसार स्थानीय लाई साँझ पर्न थाले पछी कसरी उज्यालो गर्ने भन्ने चिन्ताले सताउने गरेको छ ।

उज्याालो का लागी सल्लोको दियालो प्रयोग गर्ने गरेपनी ल्याउनका लागी टाढाको वनमा जानुपर्ने भएकार्ले  घर उज्यालोम समस्या हुने गरेको नेपालीको भनाई रहेको छ । यता, सम्बन्धित निकाय गमगाढ साना जलबिद्युत बितरण केन्द्रले भने आफुहरुको लक्ष्य भएको भएपनी ट्रान्सफर क्षमता नपुगेका कारण आफुहरुले सो क्षेत्रमा बिद्युत बितरण गर्न नसकिरहेको गमगगाढ साना जलबिधुत आयोजना बितरण केन्दका प्रमुख दिनेश पौडेलले बताउनुभयो । साथै दोबाट कोष कालजुर लगायत कालाल्त क्षेत्रमा यहि बर्षको चैतको मसान्त सम्म बिद्युत पु¥याउने तयारी रहेको समेत केन्द्रका प्रमुख दिनेश पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु