२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

४ गाउँका स्थानियबासि दियोलो (झरो) बालेर बस्न बाध्य

२०७३, २८ मंसिर मंगलवार ०३:०३

नन्द बहादुर रोकाया, मंसिर २८, मुगु । मुगु सदरमुकाम सगैँ जोडिएको कार्किवाडा गाविस वडा नं १,२,३ र ४ मा रहेका दोबाट,कोश,कालजुर र कालपाल्तका स्थानीय दियोलो (झरो) बालेर बस्न बाध्य छन् । झण्डै १५० घर दुरी रहेको ४ गाउँका स्थानीय उज्यालोको रुपमा  दियालो बाल्न बाध्य भएका हुन । त्यहि बाट सदरमुकाममा बत्ति ल्याईएको भएपनी सो क्षेत्रमा बत्ति बाल्नका लागी केही प्रयास भएका छैनन् ।

गाउँमा बत्ति नहुदाँ सबै भन्दा धेरै समस्या त बिद्यार्थीहरुलाई भएको छ । जलबिद्युत आयोजना आफनै गा बि स मा भए पनि आफूहरु विद्युत सेवा बाट बन्चीत भएको कक्षा ९ मा अध्यनरत प्रकाश नेपालीले दुखेसो गनुभयो । दिउँस जति पढ्यो बिद्यालयमा पढ्छौ साँझ घरमा पढ्नको लागी बत्ति छैन दियालो बालेर पढ्दा आगलागीको डर हुने बिहाना उठ्दा नाक मुख कालो हुने हुदाँ  पठन पाठनमा निकै समस्या हुने गरेको छ गाउँकै सिरानबाट बिद्युतको लाईन् ल्याईएको छ । तर नजिकै रहेको हाम्रो  गाउँमा बत्ति छोडिएको छैन् उहाँले भन्नुभयो ।

मुगुमा २०६८ साल साउनको महिना बाट बत्ती बल्यो तर“आफुहरुले बत्ती बलेको बिगत ५ बर्ष यता सिरमा टेकाएर बिद्युत लाईन् सदरमुकाममा पठाएपनी आफुहरु दियो मुनीको अध्यारो मा बस्न बाध्य भएको सोहि गाउँका स्थानीय मनबहादुर नेपाली बताउनुभयो । उहाँका अनुसार स्थानीय लाई साँझ पर्न थाले पछी कसरी उज्यालो गर्ने भन्ने चिन्ताले सताउने गरेको छ ।

उज्याालो का लागी सल्लोको दियालो प्रयोग गर्ने गरेपनी ल्याउनका लागी टाढाको वनमा जानुपर्ने भएकार्ले  घर उज्यालोम समस्या हुने गरेको नेपालीको भनाई रहेको छ । यता, सम्बन्धित निकाय गमगाढ साना जलबिद्युत बितरण केन्द्रले भने आफुहरुको लक्ष्य भएको भएपनी ट्रान्सफर क्षमता नपुगेका कारण आफुहरुले सो क्षेत्रमा बिद्युत बितरण गर्न नसकिरहेको गमगगाढ साना जलबिधुत आयोजना बितरण केन्दका प्रमुख दिनेश पौडेलले बताउनुभयो । साथै दोबाट कोष कालजुर लगायत कालाल्त क्षेत्रमा यहि बर्षको चैतको मसान्त सम्म बिद्युत पु¥याउने तयारी रहेको समेत केन्द्रका प्रमुख दिनेश पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह