१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा ३२ बिजुली चोर पक्राउ

२८ मंसिर २०७३, मंगलवार ०८:५३

मंसिर २८, गौशाला । महोत्तरी प्रहरीले आज जिल्लाका विभिन्न स्थानबाट ३२ विद्युत् चोरलाई पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । 

प्रहरीले प्राधिरकणका कर्मचारीको सहकार्यमा जिल्लाका धिरापुर, एकरहिया, पिपरा, मटिहानी, सोनौल, हतिसर्वा, मेघनाथ गोरहन्ना, गौशाला नगरपालिका क्षेत्र र जलेश्वर नगरपालिका १५ र १६ लगायत स्थानबाट विद्युत् चोरीमा संलग्न रहेका भनिएकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले एक प्रगति विवरण प्रस्तुत गर्दै जानकारी गराएको हो । 

जिल्लामा भइरहेको विद्युत् चोरीलाई नियन्त्रण गर्न प्राधिकरणले चलाएको अभियान अन्तर्गत उनीहरुबाट रु एक लाख ६० हजार जरिवाना समेत बरामद गरिएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो । 

यसअघि ७२ जनालाई प्राधिकरणले पहिले नै पक्राउ गरिसकेको छ । महोत्तरीमा ४२ हजार मिटरधारी विद्युत् उपभोक्ता रहेको बताइएको छ । करिब १० हजार व्यक्तिले विद्युत् चोरी गरेर उपभोग गरिरहेको विद्युत् कार्यालयका प्रमुख सूर्यनारायण मण्डलले आरोप लगाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु