१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा कालोबजारी गरेको आरोपमा दुई सहकारी संस्थाका अध्यक्ष पक्राउ

२९ मंसिर २०७३, बुधबार ०६:०४

 मङ्सिर २९, गौशाला । महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने स्थानीयवासी शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । 

पक्राउ परेका अध्यक्षद्वयले किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारी अनुदानमा गहुँको बीउ ल्याएर मनपरी ढङ्गले बढी मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अध्यक्ष भगतले गहुँको बीउ प्रतिबोरा ४० किलोको एकहजार सातसय २० मा बेच्नुपर्नेमा दुईहजार पाँचसयमा बेचेको र अध्यक्ष कुर्मीले प्रतिकिलो रु ४३ मा बेच्नुपर्नेमा प्रतिकिलो रु ६५ मा बेचेको गुनासो आएपछि जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमेश अधिकारी सहितको अनुगमन टोलीले दुवै अध्यक्षलाई रङ्गेहात पक्राउ गरेको जनाइएको छ । 

अनुदानको बीउमा किसानलाई ठगी गरेका दुवै सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरी दुवैमाथि कालोबजारी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।  

पाँच चोर पक्राउ 

यसैगरी, महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा चोरी गर्दै हिँडेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको टेरा–९ बस्ने १८ वर्षीय प्रमोदकुमार राय नट, बारा जिल्लाको जितपुर–९ बस्ने १८ वर्षीय राजन कुमार नट, ४५ वर्षीय जगरनाथ नट, रामलाल नट र ४० वर्षीय जगदीश राय नट रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताउनुभएको छ । 

बर्दिवास नगरपालिकामा रहेका बजार तथा राजमार्ग क्षेत्रमा बटुवा तथा सर्वसाधारणको रकम र गरगहना लुटपाट हुन थालेपछि इलाका प्रहरी कार्यालय बर्दिवासबाट व्यापक रुपमा प्रहरी परिचालन गरी उनीहरुलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । 

बर्दिवास नपा–१ स्थित तरकारी बजारमा रहेको लक्ष्मी अधिकारीको पसलबाट चोरी गरेका दुई तोला सुन, लत्ताकपडा र केही रकमसमेत उनीहरुबाट बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेका पाँचै जनामाथि डाँका मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु