२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा कालोबजारी गरेको आरोपमा दुई सहकारी संस्थाका अध्यक्ष पक्राउ

२०७३, २९ मंसिर बुधबार ०६:०४

 मङ्सिर २९, गौशाला । महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने स्थानीयवासी शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । 

पक्राउ परेका अध्यक्षद्वयले किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारी अनुदानमा गहुँको बीउ ल्याएर मनपरी ढङ्गले बढी मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अध्यक्ष भगतले गहुँको बीउ प्रतिबोरा ४० किलोको एकहजार सातसय २० मा बेच्नुपर्नेमा दुईहजार पाँचसयमा बेचेको र अध्यक्ष कुर्मीले प्रतिकिलो रु ४३ मा बेच्नुपर्नेमा प्रतिकिलो रु ६५ मा बेचेको गुनासो आएपछि जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमेश अधिकारी सहितको अनुगमन टोलीले दुवै अध्यक्षलाई रङ्गेहात पक्राउ गरेको जनाइएको छ । 

अनुदानको बीउमा किसानलाई ठगी गरेका दुवै सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरी दुवैमाथि कालोबजारी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।  

पाँच चोर पक्राउ 

यसैगरी, महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा चोरी गर्दै हिँडेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको टेरा–९ बस्ने १८ वर्षीय प्रमोदकुमार राय नट, बारा जिल्लाको जितपुर–९ बस्ने १८ वर्षीय राजन कुमार नट, ४५ वर्षीय जगरनाथ नट, रामलाल नट र ४० वर्षीय जगदीश राय नट रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताउनुभएको छ । 

बर्दिवास नगरपालिकामा रहेका बजार तथा राजमार्ग क्षेत्रमा बटुवा तथा सर्वसाधारणको रकम र गरगहना लुटपाट हुन थालेपछि इलाका प्रहरी कार्यालय बर्दिवासबाट व्यापक रुपमा प्रहरी परिचालन गरी उनीहरुलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । 

बर्दिवास नपा–१ स्थित तरकारी बजारमा रहेको लक्ष्मी अधिकारीको पसलबाट चोरी गरेका दुई तोला सुन, लत्ताकपडा र केही रकमसमेत उनीहरुबाट बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेका पाँचै जनामाथि डाँका मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा