११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका सात गाविस पूर्ण साक्षरता घोषणा

२९ मंसिर २०७३, बुधबार ०६:१०

मङ्सिर २९, डडेल्धुरा । डडेल्धुरा जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषण गरिएको छ । १५ देखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्णहरु लेख्न पढ्न सक्ने सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिन्हलाई बुझ्ने, रुपैयाँको हिसाब गर्न सक्नेजस्ता सातवटा सूचकका आधारमा ती गाविसलाई साक्षर गाविसको रुपमा घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराका विद्यालय निरीक्षक केशव ज्ञवालीले जानकारी गराउनुभयो । 

पूर्ण साक्षरता हुनका लागि १२ वटा सूचकहरु राखिएका भएतापनि तीमध्ये सातवटा सूचकहरु पूरा भएका गाविसलाई साक्षरता घोषणा गरिएको हो । मङ्गलबार सातौं गाविसको रुपमा अजयमेरु चमडालाई पूर्ण साक्षरताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला शिक्षा अधिकारी बसन्तकुमार खत्रीले बताउनुभयो । यसअघि गणेशपुर, कैपालमाडौँ, समैजी, चिपुर, कोटेली र बेलापुर गाविसलाई साक्षर घोषणा गरिसकेको उहाँले शिक्षा अधिकारी खत्रीले जानकारी गराउनु भयो । 

अठार गाविस र दुई नगरपालिका रहेको डडेल्धुराका अन्य गाविस र नगरपालिकाका वडाहरुलाई पनि चाँडै सारक्षर घोषणा गरी चालु आर्थिक वर्षभित्रै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु