११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सिमा क्षेत्रका अपराध नियन्त्रण गर्न अतिरिक्त महानिरीक्षक शाहिको निर्देशन

२९ मंसिर २०७३, बुधबार ०८:०२

रबिन्द्र यादव/ मंसिर २९, नवलपरासी । प्रहरी अतिरिक्त महानिरिक्षक विश्वराज सिंह शाहीले सिमा क्षेमा बढदो अपराधका घटनाहरुलाई शिर्घ रोक्न प्रहरीलाई निर्देशन दिनुभएको छ । लामो समयदेखि सिमा क्षेत्रमा बढदै गएको लागुऔषध ओसार पोसार, मानव बेचबिखन र विभिन्न सामानहरुको चोरी तस्करीलाई नियन्त्रण गर्न नवलपरासी प्रहरीलाई निर्देशन दिनु भएको हो । 


सिमा प्रहरी चौकी महेसपुर नवलपरासीको नवनिर्मित भवनको एक भव्य समारोह बिच उद्दघाटन गर्दै प्रहरी अतिरिक्त महानिरिक्षक शाहीले सिमा संवेदनशिल स्थलरहेको हुँदा उक्त क्षेत्रमा दुबै देशको सुमधुरता कायम गरिसो क्षेत्रमा घटने विभिन्न अपराधका घटनाहरुलाई नियन्त्रणगर्ने शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन प्रहरीलाई निर्देशन दिनु भयो । 

श्री शान्ति तथा पुर्न निर्माण मन्त्रालय, शान्तिकोषबाट प्राप्त १ करोड २० लाख रुपियामा सिमा प्रहरी चौकी महेसपुरले कार्यालय, ब्यारेक र भान्साघरसहित दुई तल्ले नव निर्मित भवनको आज एक कार्यक्रम बिच उद्दघाटन भएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीलेजानकारी दिनु भयो । 

वर्षौंदेखि जिर्ण तथा अपुग अवस्थामा रहेको सिमा प्रहरी चौकीलाई शान्ती सुरक्षा प्रदान गर्न निकै समस्या भैरहेको बेला यस नवनिर्मित भवनले अबका दिनमा प्रहरीलाई थप उर्जा थपिने प्रहरी उपरिक्षक चौधरीले विश्वास लिएको जानकारी दिनु भयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु