११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

सुन्दरबजार महोत्सव हुने

२९ मंसिर २०७३, बुधबार ०८:२६

मङ्सिर २९, लमजुङ । जिल्लाको दोस्रो ठूलो मुख्य व्यापारिक केन्द्र सुन्दरबजारमा आगामी माघ दोस्रोसाता सातौँ सुन्दरबजार महोेत्सव हुने भएको छ । 

लमजुङ उद्योग वाणिज्य सङ्घ सुन्दरबजार इकाइले आउँदो माघ १४ गतेदेखी २३ गतेसम्म उक्त महोत्सव आयोजना गर्न लागेको हो । ‘स्थानीय कला, संस्कृति, पर्यटन शिक्षा विकासको पहिचान, उद्योग व्यापार र कृषि लगानी प्रवद्र्धनमा हाम्रो अभियान’ नाराका साथ सञ्चालन हुन लागेको महोत्सवले जिल्लाका सम्भावनालाई उजागर गर्ने उद्योग वाणिज्य सङ्घ सुन्दरबजार इकाईका अध्यक्ष गालु मियाँले बताउनुभयो । 

लमजुङ कृषि क्याम्पसको पसिरमा चल्ने सो महोत्सवमा एक सय ५० वटा कक्ष राखिने छ । करिब एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि, पुष्प, तथा जडीबुटी प्रदर्शनी, विभिन्न लोक सांस्कृति प्रदर्र्शनी, लोकदोहोरी गीत कार्यक्रम, जातीय एवम् सांस्कृतिक संग्रहालय, झाँकी तथा ¥याली प्रदर्शनी गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु