मङ्सिर २९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित हेलम्बुको एक विद्यालयको आँगनमा शव जलाउने गरिएको छ । 

विद्यालय क्षेत्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित हेलम्बुको एक विद्यालयको आँगनमा शव जलाउने गरिएको छ । 

विद्यालय क्षेत्रम"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालयमै जलाइन्छ लास, पठनपाठनमा समस्या

२९ मंसिर २०७३, बुधबार ०९:१०

मङ्सिर २९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित हेलम्बुको एक विद्यालयको आँगनमा शव जलाउने गरिएको छ । 

विद्यालय क्षेत्रमा शव जलाउने कार्यले विद्यार्थीलाई प्रदूषण मात्र होइन, उनीहरुको मानसिकतामा समेत प्रतिकुल असर परेको अभिभावकको गुनासो छ । हेलम्बु्–६ मेलम्ची घ्याङस्थित मेलम्चीघ्याङ माध्यामिक विद्यालयले हरेक वर्ष राम्रो नतिजा ल्याउने गरेको छ । 

सो क्षेत्रमा मेलम्ची घ्याङ गुठीले विद्यालय बनाउन जग्गा दिएपछि २७ वर्षअघि विद्यालय स्थापना गरिएको विद्यालयका प्रध्यानाध्यापक पूर्णप्रसाद गौतमले बताउनुभयो । गौतमका अनुसार विद्यालय स्थापना गर्न जग्गा अभावको कारण गुठीले दिएको जग्गामा विद्यालय निर्माण गरिएको र सोही स्थानमा शेर्पा समुदायले शव जलाउने गर्दा पठनपाठनमा समस्या भएको बताउनुभयो । 

मेलम्ची घ्याङवासीले मेलम्चीघ्याङ गुठी गुम्बा चिनियाँ लामाको अधिकारमा रहने भएकाले गुठीसँगै बनेको चिहान आफूहरुले विद्यालय परिसरबाट हटाउन नसकेको स्थानीय तेञ्जेन लामाले बताउनुभयो । चिनियाँ लामाको अधिकारमा रहेको जग्गाको कारण उनीहरुले विद्यालयबाट चिहान समेत हटाउन नमानेको स्थानीयवासीको गुनासो छ । 

यसअघि पनि जिल्ला शिक्षा अधिकारीले पटकपटक उक्त गुठीमा अधिकार जमाउने बौद्धका चिनियाँ लामा रहेको र लामासँग विद्यालय परिसरमा शव नजलाउन आग्रह गर्दा समेत नमानेको गुनासो व्यक्त गर्नुभयो । 

विद्यालयको अगाडि शव जनाउने गरेकाले पठनपाठनमा समस्या हँुदै आएको विद्यार्थी बताउँछन् । कक्षा सञ्चालन हँदा शवको दुर्गन्धले पढाउन समेत नसक्ने शिक्षकको गुनासो छ । 

विद्यालयको अन्यन्त्र जग्गा नभएकाले सोही स्थानमा विद्यालय निर्माण गरेको र शव जलाउने स्थान अन्यन्त्र सार्नुपर्ने स्थानीयवासी र विद्यालयको माग रहेको छ । रासस  

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु