१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल टुडेको वार्षिकोत्सवमा रक्तदान

२९ मंसिर २०७३, बुधबार १२:०२

मंसिर २९, बुटवल । बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवल टुडे दैनिकको वार्षिकोत्सव कार्यक्रम अन्तरगत बुधबार वृहत रक्तदान सम्पन्न भएको छ । यस क्षेत्रमा रंगिन कलेभरमा लामो समयदेखि खोजमुलक समाचारका साथै मनोरञ्जनको खुराक पस्कदै आएको बुटवलटुडे दैनिकले वार्षिकोत्सवको कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेको हो । 

कार्यक्रमको उद्घाटन गर्दै रक्त संचार केन्द्र बुटवलका कार्यवाहक अध्यक्ष बिमल बहादुर शाक्यले रगतको महत्वबारे प्रकाश पारेका थिए । सुचना सन्देशका संवाहकका रुपमा रहेको संचारकर्मीहरुको सानो सहयोगले ठुलो महत्व रहने भन्दै उनले रक्तदानको महत्वलाई अझै आम नागरिक समक्ष पु¥याउन जरुरी रहेको बताए । 

सरकारले छिट्टै नया नीति ल्याउने तरखरमा रहेको समेत उनले बताए । आम नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने सोचका साथ काम अघि बढेको समेत उनले बताए । देशको कुल जनसंख्याको दुई प्रतिशतले रक्तदान गरेको खण्डमा पनि आवश्यक रगत पुग्ने भन्दै उनले यसका लागि जनचेतना जगाउनु नै महत्वपुर्ण रहेको बताए । रुपन्देहीमा हाल बार्षिक १३ हजार युनिट रगतको खपत देखिएको भन्दै स्थानिय संघसंस्था र स्वयंसेवी दाताहरुले गर्दा लक्ष्य अनुरुप काम भैरहेको बताए । 

कार्यक्रममा पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेलले संघसंस्थाहरुको वार्षिकोत्सवमा गरिने रक्तदानको परम्पराले पनि अहिलेको धेरै मागलाई सम्बोधन भएको बताए । कार्यक्रममा प्रबन्ध निर्देशक, प्रबन्ध सम्पादक नवराज कुवँर, सम्पादक कृष्ण मल्लले संचार क्षेत्रबाट पनि रक्तदानका विषयमा खोजमुलक समाचार बनाउने र रक्तदाताहरुलाई प्रोत्साहन गर्नुको साथै आफै पनि सक्रिय भएर रक्तदान गर्ने संचारकर्मीहरु बढेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । 

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रमा गरिएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले बताए । कार्यक्रममा संचारकर्मीहरुका साथै स्थानिय युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रक्तदान गरेर सहयोग गर्ने रक्तदाताहरुलाई पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेलले प्रमाणपत्रबाट सम्मानित गरेका थिए । यसैगरि कार्यक्रममा सहयोग गरेको सिद्धार्थ डेरी उद्योगका खिम प्रसाद भट्टराई (कृष्ण) लाई समेत सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।  

रक्तदान कार्यक्रममा सरोज थापा, नबिन गुरुङ्ग, रबिन्द्र तामाङ्ग, युवराज पराजुली, मनोज थापा, थानेश्वर न्यौपाने, दीपा अधिकारी, माया केसी, उषाकिरण पन्थ, सञ्जय विश्वकर्मा, बाबुराम खनाल, डायलसन अधिकारी, दौपदी थापा, लक्ष्मण पोखरेल, दुर्गा आले, झवि बहादुर सिजाली, राम बहादुर अधिकारी, विष्णु प्रसाद अर्याल, मिना ढकाल, शंकर खड्का, गोपाल पाण्डे, सुर्य पराजुली, उत्तम पोखरेल, सन्देश खत्री, स्वस्तिक श्रेष्ठ, रंजित भुषाललगायतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर बिहान गयो भूकम्प आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना काठमाडौं महानगरले न्यायिक समितिबाट निःशूल्क कानूनी सेवा दिइरहेको छ :- उपप्रमुख डंगोल नक्कली भुटानी शरणार्थी र गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन: प्रचण्ड दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार