जिल्लामा रहेको एक विद्यालयका शिक्षकलाइ एक हप्ते कम्प्यूटर तालिम प्रदान गरिएको छ । 


विद्यालयस्तरीय शिक्षालाई परिस्कृत गर्न भन्दै गुड नेव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्लामा रहेको एक विद्यालयका शिक्षकलाइ एक हप्ते कम्प्यूटर तालिम प्रदान गरिएको छ । 


विद्यालयस्तरीय शिक्षालाई परिस्कृत गर्न भन्दै गुड नेव"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकहप्ते कम्प्यूटर तालिम सम्पन्न

३० मंसिर २०७३, बिहीबार ०६:१५

जिल्लामा रहेको एक विद्यालयका शिक्षकलाइ एक हप्ते कम्प्यूटर तालिम प्रदान गरिएको छ । 


विद्यालयस्तरीय शिक्षालाई परिस्कृत गर्न भन्दै गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको आयोजनामा  एकहप्ते कम्प्युटर तालिम संचालन गरिएको हो  । 

जिल्लाको भुकदेउराली गाविस वडा नं. १ शेराबेंसी स्थित नवज्योति थम माविका १३ जना तथा ग्रामोदय मावि भंगराका १ जना गरी कूल १४ जना शिक्षकलाई सो तालिम दिइएको हो ।

नवज्योति थम माविमा आधारभूत तालिम शुरु भएसँगै शिक्षकहरु निकै चासोका साथ माउस चलाउन र किबोर्ड खेलाउन अभ्यस्त बन्दै गइरहेका छन् । 


सहभागीहरु तालिम लिन पाएकोमा खुसी देखिन्छन्  । कम्प्युटर शिक्षामा व्यवहारिक र जीपन उपयोगी भएकोले सबैले सिक्न जरुरी रहेको उनीहरुले बताए । ‘शिक्षककेन्द्रीत तालिम भएकाले छोटो समय भएपनि उपलब्धीमूलक भएको कम्प्युटर प्रशिक्षण दिइरहेका राजु पौडेलले बताए ।


 ‘हामीले विगतका कयन् वर्ष अघिदेखि ग्रामीण दुरदराजका विद्यालय पहिचान गरी सीपमूलक शिक्षा उपलब्ध गराउने कुरामा साझेदारी बन्दै आएका छौं ।’ संस्थाका शिक्षा विकास अधिकृत ऋषिराम भुसालले भने–‘यस्तै सीपमूलक र व्यवहारिक शिक्षा अन्यत्रपनि उपलब्ध गराउने तयारी भइरहेको  छ ।’


संस्थाले व्यवहारोपयोगी र गुस्तरीय शिक्षाका लागि विद्यालय केन्द्रीत कार्यक्रम गर्दै आइरहेको र भोलिका दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिइरहने संस्थाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले सहारान्यूजलाई जानकारी दिए ।


मंसिर २३ गतेबाट शुरु भएको सो एकहप्ते तालिम २९ गते सम्पन्न भएको छ । सो तालिममा राजु पौडेल र गणेश पौडेलले प्रशिक्षण दिएका थिए ।संस्था  द्वारा ३० गते नै एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई कम्प्युटर ल्याव सहित १२ थान कम्प्युटर समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु