२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

शौचालयको दिशाजन्य पर्दाथ व्यवस्थापन गर्नुपर्नेमा जोड

३० मंसिर २०७३, बिहीबार ०६:४०

नन्दराम जैसि, मंसिर ३०, जुम्ला ।  जुम्ला सदरमुकाममा बुधबार सम्पन्न भएको एक कार्यक्रममा सहभागिले जुम्ला बजार क्षेत्रभित्र रहेका शौचालयको दिशाजन्य पर्दाथ व्यवस्थापन गर्न आवश्यक रहेको बताएका छन् । बजार क्षेत्रभित्र रहेका शौचालयको दिशाजन्य पर्दाथ खुल्ला रुपमा फाइने र दिसाजन्य पदार्थ ब्यवस्थापन नहुदाँ बातावरणिय तथा बायु प्रदुषण हुनुका साथै स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै दिशाजन्य पर्दाथ व्यवस्थापन गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ । सदरमुकाममा बुधबार सम्पन्न भएको जुम्ला बजार क्षेत्रभित्र रहेका शौचालयको दिशाजन्य पर्दाथ व्यवस्थापनका लागि संचार क्रियाकलाप विषयक कार्यशाला गोष्ठीका सहभागी सरोकारवाला ब्यक्तिले यस्तो बताएका हुन ।   

अव्यवस्थित शौचालयको फोहोरले बजार क्षेत्र दुर्गन्धीत बन्दै जादाँ रोथथामको लागी सहजिकरण गर्ने उदेश्यले एस एन भी नेपालको आर्थिक सहयोग तथा जुम्ला उद्योग बाणीज्य संघ जुम्लाको आयोजनामा गोष्ठी गरीएको हो । जुम्ला बजार क्षेत्रभित्र रहेका शौचालयको दिशाजन्य पर्दाथ व्यवस्थापन गर्ने बिषयमा छलफल भएपनि ब्यवस्थापनको जिम्मा कसले लिने र ब्यवस्थापन कार्यक्रम कसरी संचालन गर्ने भन्ने बिषयमा भने टुङगो लागेको छैन । सौचालयको दिशाजन्य लेदो पदार्थ ब्यवस्थापन गरे बाफत स्थानियले के कति शुल्क तिर्ने र कसरी संकलन गर्ने भन्ने बिषयमा पनि आगामि दिनमा छलफल गरीने भएको छ ।         

गोष्ठिको सहजिकरण गर्दै एस एन भी नेपालका सरसफाइ तथा स्वच्छता सम्बन्धी बानी ब्यवहार परिर्वतनका लागी संचार सल्लाहकार हरीशोभा गुरुङले शौचालय प्रयोग मात्र नभइ शौचालयमा रहेको दिशाजन्य लेदो पदार्थ तथा फोहोर तत्काल ब्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो । जुम्लाबजार क्षेत्रका ८३ प्रतिशत घरधुरीमा ३ बर्ष अघिदेखि सौचालयको खाल्डो निर्माण गरी प्रयोग भैरहेकाले खाल्डोमा रहेको दिशाजन्य लेदो पदार्थ तथा फोहोर ब्यवस्थापन नगरे खाल्डो पुरिने अवस्थामा पुगेको एक अनुगमनले देखाएको उहाँको भनाइ छ । दिशाजन्य लेदो पदार्थ तथा फोहोर ब्यवस्थापन गर्न विद्यमान परिस्थीतिमा रहेका बाधक तथा उत्प्रेरक तत्वका बिषयमा अध्ययन अनुसन्धान गरीएको भन्दै त्यसका लागि सबैमा जानकारी दिन र कार्यक्रमलाइ प्रभावकारी बनाउन संचार कृयाकलाप गरीने गुरुङले जानकारी दिनृुभयो ।     

एस एन भी नेपालका सरसफाइ सल्लाहकार टिकाराम खड्काले अधिकांस मानिसहरुमा सौचालयको खाल्डो कर्यौँ बर्ष टिक्छ र प्रयोग गरी रहनुपर्छ भन्ने गलत धारणाले शौचालयको फोहोर ब्यवस्थापन नगर्दा समस्या निम्तिएको बताउनुभयो । दिशाजन्य लेदो पदार्थ ब्यवस्थापन गर्ने बिषयमा नियमित सेवा उपलब्ध भएमा समुदायले शुल्क तिर्ने बिषयमा सहमति जनाउने उहाको बुझाइ छ । गोष्ठिमा बोल्दै नगर अधिकृत केशबराज शर्माले बजार क्षेत्रका सौचालयको दिशाजन्य लेदो पदार्थ ब्यवस्थापनका लागि तत्काल नगरपालिकाले जिम्मा लिन नसक्ने बताउदै फोहोर ब्यवस्थापनका लागि दिर्घकालिन योजना निर्माण गर्न जरुरी रहेको तर्क गर्नुभयो । 

जिल्ला शिक्षा अधिकारी कुल बहादुर फडेराले सौचालयको दिशाजन्य लेदो पदार्थ ब्यवस्थापन गर्नुपर्नेमा जोड दिदै यष बर्ष जिल्लाका ८ वटा विद्यालयमा नँमुनाका सौचालय निर्माण गरीने जानकारी दिनुभयो । किर्डाक नेपाल जुम्लाका संयोजक मेघराज न्यौपानेले सौचालयको दिशाजन्य लेदो पदार्थ ब्यवस्थापनका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नपर्ने भन्दै सबै स्थानियको ज्ञान र सिप विकासमा जोड दिनु पर्ने बताउनुभयो । सौचालयको खाल्डो कहिल्यै भरिदैन र कुनै असर पर्दैन भन्ने जन विश्वास र धारणालाइ त्याग्न जानकारीमुलक कार्यक्रममा जोड दिइने उहाको भनाइ छ ।    




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य