११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगन्जमा ग्यास ट्याङ्करले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु

३० मंसिर २०७३, बिहीबार ०९:३२

मंसिर ३०, पर्सा । वीरगन्ज– पथलैया सडक खण्डको परवानीपुरमा आज दिउँसो एलपी ग्यास ट्याङ्करले ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ । 

पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको एनएल ०१ एल ७३१६ नं को ट्याङ्करले परवानीपुरको ज्योतिस्पेनिङ मिल नजिकै ठक्कर दिँदा वीरगन्ज उपमहानगरपालिका– २४ लिपनिमाल निवासी बालक अरमन खतिवाडको मृत्यु भएको हो । 

हजुरआमा सुशीला खतिवडासँगै बाटो काट्ने क्रममा ग्यास ट्याङ्करले ठक्कर दिँदा अरमनको मृत्यु भएको परवानीपुरस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भिमसेन धामीले जानकारी दिनुभयो । 

सो घटनामा हजुरआमा सुशीला समेत गम्भीर घाइते भएपछि उपचारको लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएको उहाँले बताउनुभयो । 

घाइते सुशीलाको टाउको र खुट्टामा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई कारबाहीका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु