२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

संवादबाटै निकास खोजौंः चौधरी

२०७३, ३० मंसिर बिहीबार ०९:५७

मंसिर ३०, बुटवल । नयाँ शक्ति पाटी नेपाल प्रदेश नम्बर ५ का संयोजक तथा पुर्व मन्त्री दान बहादुर चौधरीले अहिलेको गतिरोध अन्त्यको लागि संसद नै उक्त विकल्प भएको बताएका छन् । ¬¬बन्द हडताल तथा चक्काजाम जस्ता कार्यहरुले जनताको  दैनिक जिविको पार्जन सहित प्रत्यक्ष असर पर्ने भएको कारण बन्द हडतालको विकल्पनमा रचनात्मक दबाब मुलक कार्य गर्नुपर्ने चौधरीको भनाई रहेको छ । 

रिपोर्टस क्लव नेपाल  रुपन्देहीले विहिवार बुटवलमा आयोजना गरेको सक्षात्कार कार्यक्रममा पार्टीको संयोजकमा नयाँ नियुक्ती भएका चौधरीले  संविधान संसोधन विध्येयक संसाद दर्ता  भएपरि त्यसलाई प्रक्रियामा लैजानुपर्नेमा जोड दिए । अहिले सडक आन्दोलन  लगायतका  विरोध कार्यक्रमको कुनै तुक नभएको भन्दै उनले देशलाई बन्धक बनाउने कामको अन्त्य हुनुपर्ने बताएका थिए । 

उनले भने–‘अहिले देशलाई बन्धक बनाउने खेल भएको छ,जसको सार्थक अन्त्य हुनु जरुरी रहेको छ  ।’ उनले बन्द हडतालबाट कुनै पनि निकायको समस्याको सामाधान नहुने भन्दै उनले यसको लागि जनताको आवश्यकता शान्तीपूर्ण दबाव पुर्ण कार्यक्रम भएको बताएका थिए । उनले भने–‘यो अहिलेको आवश्यकता देश विकास र आर्थिक क्रान्तिको हो, जसले देशलाई समृद्धिको बाटोमा आगडी बढाउछ ।’

उनले टेवलवर्कबाट समस्याको समाधान गर्न  राजनीतिक दलका नेताहरुलाई आग्रह गरे । 

बन्द हडताल जस्ता कार्यले देश विकासमा बाध पुग्ने भन्दै उनले जनताको अधिकार स्थापना,देश विकास र आर्थिक समृद्धिको लागि जनता जाग्ने बेला आएको बताएका थिए । 

साक्षात्कार कार्यक्रममा नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय सचिवालय सदस्य बामदेव क्षेत्रीले हालै लुम्बिनीमा सम्पन्न प्रदेश नम्बर ५ को प्रादेशिक बैठकबाट पार्टीले नयाँ धुब्रीकरणको बाटो  पहिल्याएको  बताएकाथिए । उनले अव प्रदेश नम्बर ५ का विभिन्न स्थानमा करोड लागतमा उद्योग, कृषि फर्म तथा अन्य व्यवसायीक फर्म स्थापना गर्ने र त्यहा पार्टीका सयौ युवाहरुलाई रोजगार दिने, सरकारले गर्न लागेको तिन तहको निर्वाचनमा सहभागी हुने र त्यसको तयारी गर्ने लगायत पार्टी सदस्यता विस्तारको पनि अभियान जारी राख्नेगरी मुलत ३ भागमा काम  गर्ने निर्णय भएको बताएका थिए । 

उनले भने–‘६ महिना राजनीतिक अभियान, सञ्चालनमा छौ,  आगमी चैत सम्म सबै जिल्लाहरुमा पार्टीको अधिवेसन चयन हुने छ ।’ उनले आन्दोलन र दबाको नयाँ ढंगबाट खोजी रहेको भन्दै  नयाँ शक्ति नेपाल पार्टीले कहिल्यै पनि बन्द हडताल तथा चक्का जाम जस्ता कार्यहरु नगर्ने जानकारी दिए । 

साक्षात्कार कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपाल पार्टी प्रदेश नम्बर ५ का कार्यालय सचिव कमल  प्रसाद खनालले अहिले प्रदेशमा ३० हजार पार्टी सदस्य रहेको भन्दै अवको केही महिनामा थप ३५ हजार थप गरी करिव ६५ हजार भन्दा बढि पु¥याउने जानकारी दिए । उनले अवको निर्वाचनमा प्रदेश नम्बर ५ मा लिडिङ्ग गर्ने हेतुले  नयाँ शक्ति नेपाल पार्टी अगाडी बढेको जानकारी समेत दिए । 

साक्षात्कर कार्यक्रम रिपोर्टस क्लव नेपाल रुपन्देहीका अध्यक्ष प्रकाश खनालको अध्यक्षता र पत्रकार कृष्ण खनालको सञ्चालनमा भएको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा