६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बसन्ता वनमा हुलाकी सडक बनाउन मार्ग प्रशस्त

३० मंसिर २०७३, बिहीबार ११:४९

मङ्सिर २९, धनगढी । वनका कारण कैलालीको बसन्ता जङ्गलमा रोकिएको हुलाकी सडक बनाउने कार्यले अब अग्रसरता पाउने भएको छ ।
पुरानै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार हुलाकी सडक विस्तार गरिने कार्यमा जिल्ला वन कार्यालयले सहमति जनाएपछि बसन्ता जैविक मार्गमा हुलाकी सडक बनाउन मार्ग प्रशस्त भएको हो । हुलाकी सडक विस्तार गरिने क्षेत्रभन्दा दक्षिणतिर भएको वन अतिक्रमण हटाउन सहयोग गर्नु पर्ने सर्तमा वनले रुख कटान आदेशका लागि मन्त्रालयमा फाइल पेस गरेको छ । 
हुलाकी सडकका कारण वन अतिक्रमणमा सहयोग पुग्ने भन्दै जिल्ला वन कार्यालयले रुख कटान आदेश प्राप्तीका लागि फाइल अगाडि बढाउन मानेको थिएन । वातावरणीय प्रभाव मूल्याङ्कन भइसके पनि रुख कटान आदेश नपाएपछि हुलाकी सडक बनाउँदै आएको भारतीय निर्माण कम्पनी जीआर गावरले सो खण्डमा निर्माण कार्य रोकेको थियो । 
पवेरा गाविसको कटैनी नदीदेखि भजनी–त्रिशक्ति नगरपालिकाको लालबोझीसम्म पर्ने १८ किलोमिटर खण्डमा हुलाकी सडक बन्न सकेको छैन । तर, बसन्ता खण्डकै १५ किलोमिटरमा रुख कटान भइसकेको छ । अतिक्रमित क्षेत्र अन्तर्गत पर्ने तीन किलोमिटरमा मात्रै रुख काटिएको छैन । सो खण्डमा अब ४०४ वटा रुख काट्न बाँकी छ ।
दक्षिण क्षेत्रमा भएको अतिक्रमण हटाउने र अतिक्रमण हुन नदिने कार्यमा सहयोग पुर्याउनु पर्ने सर्तमा पुरानै डीपीआर अनुसार सोझै हुलाकी सडक विस्तार गर्न समर्थन जनाएको कैलालीका जिल्ला वन अधिकृत रमेश चन्दले बताउनुभयो । 
‘वनको दक्षिणतिर अतिक्रमण भइरहेको छ । त्यो अतिक्रमण रोक्नका लागि सहयोग पुर्याउनु पर्ने हुलाकी सडक व्यवस्थापन पक्षसंग आग्रह गर्दै फाइल अगाडि बढाएका छौं’, जिल्ला वन अधिकृत चन्दले भन्नुभयो–‘अब हाम्रो तर्फबाट कुनै रोकतोक छैन । काम अगाडि बढ्छ ।’
उहाँले ट्रेन्च बनाउने तथा तारबार गर्ने कार्यमा हुलाकी सडक व्यवस्थापन पक्षले सहयोग गर्नु पर्ने आग्रह समेत गरिएको जानकारी दिनुभयो । 
सुरुमा जिल्ला वन कार्यालयले पुरानो डीपीआर अनुसार सडक बनाउन नदिने अडान लिएको थियो । तीन किलोमिटरको दूरीमा अतिक्रमित क्षेत्र भएर घुमाउरो सडक बनाउन वनले जोड गरेको थियो । तर, डीपीआर भइसकेको आयोजनाका लागि पुनः सुरुवाती प्रक्रियामा जान नसक्ने भन्दै निर्माण कम्पनी जीआर गावरले अडान लिएपछि हुलाकी सडक विस्तार कार्य नै ठप्प भएको थियो । 
अब बाँकी रहेको काम सम्पन्न गर्नका लागि बाटो खुलेको र नेपाल सरकारकै लगानीमा निर्माण कार्य हुने हुलाकी सडक व्यवस्थापनको जिम्मा पाएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । 
उक्त कार्यालयका योजना प्रमुख तुरुन्त मण्डलले वनको तर्फबाट भएको अवरोध अब नरहेको र सडक बनाउनका लागि दुई दिन अगाडिमात्रै टेण्डर समेत आह्वान भइसकेको उल्लेख गर्नुभयो । 
‘वनको तर्फबाट अब कुनै अवरोध छैन’, मण्डलले भन्नुभयो–‘रुख कटान आदेश प्राप्तीका लागि फाइल मन्त्रालयमा पुगिसकेको छ । सडकको टेण्डर पनि भइसकेको छ ।’ 
अतिक्रमण हुन नदिने र अतिक्रमित वन क्षेत्र खाली गराउनका लागि सडक डिभिजनले पनि सहयोग गर्ने मण्डलको भनाइ छ । ‘वन अतिक्रमण हटाउने र थप अतिक्रमण हुन नदिने काम गर्नु हाम्रो पनि जिम्मेवारी हो’, उहाँले अगाडि थप्नुभयो–‘हामीले वनसंग त्यहि सहमति गरेका छौं ।’ १८ किलोमिटर खण्डमा सडक बनाउनका लागि ४४ करोड रुपियामा ठेक्का भएको छ । 
यसअघि भारत सरकारको सहयोगमा कैलालीमा हुलाकी सडक निर्माण कार्य भएको थियो । गत आर्थिक वर्षको अन्त्यमा भारत सरकारको तीन वर्षे निर्माण अवधि सकिएपछि धेरै हद्सम्म सडक बनाउने कार्य सम्पन्न भए पनि केहि बाँकी रहेको छ । कैलालीमा धनगढीको क्याम्पस रोडदेखि पूर्वतिर खक्रौलासम्म ६० किलोमिटर, खक्रौला–टीकापुर देखि लम्कीसम्म २७.२ किलोमिटर र धनगढीको क्याम्पस रोडदेखि पश्चिम कञ्चनपुरको डोके बजारसम्म चार किलोमिटर गरी ९१.२ किलोमिटर लामो हुलाकी सडक निर्माण हुँदैछ । 
क्याम्पस रोडदेखि खक्रौला खण्डमा पर्ने बसन्ता कोरीडर अन्तर्गतको १८ किलोमिटर र धनगढी क्षेत्रमा चार गरी २२ किलोमिटरमात्रै सडक बनाउन बाँकी रहेको छ । बसन्ता अन्तर्गतको १८ किलोमिटरमा सडक विस्तारको मार्ग प्रशस्त भए पनि धनगढीको क्याम्पस रोडदेखि कञ्चनपुरको डोके बजारसम्मको चार किलोमिटर खण्डमा अझै विवाद कायम छ । धनगढीबासी सहित राजनीतिक दलले आफ्नो पायक पर्ने ठाउँबाट सडक विस्तार गर्नु पर्ने भन्दै तीन विकल्प दिएपछि चार किलोमिटरमा हुलाकी सडक बनाउन अन्यौल कायम रहेको जनाइएको छ ।  
धनगढी क्षेत्रको सवालमा अहिलेसम्म कुनै पनि निर्णय हुन नसकेको सडक डिभिजन कार्यालयका योजना प्रमुख मण्डलले बताउनुभयो । उहाँले विवाद कायम रहेको जनाउँदै यो खण्डमा हुलाकी सडक विस्तार कार्य ढिलो हुने जनाउनुभयो । यस्तै, कञ्चनपुरको डोके बजारदेखि पश्चिमतर्फ बेल्डाँडी–दैजीसम्म ६० किलोमिटर हुलाकी सडक विस्तार गर्ने काम पनि सुरु भएको छ । 
कैलालीमा भारत सरकारको सहयोगमा ६९.२ किलोमिटरसम्म हुलाकी सडक निर्माण कार्य सम्पन्न भएको छ । विभिन्न खण्ड गरी हालसम्म हुलाकी सडक अधुरै रहे पनि अधिकांश काम भएको भन्दै भारत सरकारले सडक हस्तान्तरणको तयारी गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बुधवार नै धनगढी स्थित क्याम्पस रोडमा एक कार्यक्रमकाबीच सडक हस्तान्तरण र उद्घाटन गर्ने कार्यक्रम तय भए पनि प्राविधिक कारणले स्थगित भएको र केहि दिनभित्रै हस्तान्तरण कार्यक्रम हुने योजना प्रमुख मण्डलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश