२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सोरु भेगका ६ गा बि स का स्थानीय सञ्चार सेबाबाट बञ्चित

२०७३, ३० मंसिर बिहीबार ११:५४

नन्द बहादुर रोकाया, मंसिर ३०, मुगु  । मुगुको उत्तरी क्षेत्र सोरु भेगका ६ गा बि स का स्थानीय सञ्चार सेबाबाट बञ्चित भएका छन । सदरमुकाम गमगढिबाट २५ कोष टाढा रहेको जिमा गाबिसको सोरुकोटमा रहेको जिसिएम मोवाईल टावर कार्तिक महिनाबाट अबरुद्ध भएपछि ६ गाबिसका सर्वसाधारण संचारसेवा बाट बञ्चित भएका हुन । र्सौय उर्जाबाट संचालित उत्त टावर पावर सप्लाईमा समस्या आएपछि अबरुद्ध भएको केहि समय पछि ममर्त गरी संचालनमा आउने नेपाल टेलिकम मुगुले जनाए पनी  अहिले सम्म सञ्चालमा नआएको जनाईएको छ ।

रारा,कालै,धैनकोट ,जिमा ,नार्थपू ,फोतु गाबिसका सर्वसाधारण संचार सेवाबाट बञ्चित भएको रारा १ का  स्थानियवासी  बीरबहादुर बलमे बताउनुभयो । बिकट गाउँमा रहेको उत्त टावरमा बर्षेनी बेलाबेलामा समस्या आउने गरेपछि निमार्ण कार्यमा समेत ढिलाई हुने गरेको छ । मोवाईल टावर अबरुद्ध भएपछि १ कल फोन गर्न सर्वसाधारण १ ,२ दिनको पैदल लगाएर गमगढि पुगेर फर्किनु परेको सर्वसाधारण को भनाई रहेको छ ।

जिल्लाका दुर्गम गाउँ,सोरुकोट ,भिई,जिउँका ,रिखिया लगाएतका टावर र्सैय उर्जाबाट संचालन भएपनि पावर नपुग्दा बेलाबेलामा अबरुद्ध हुने गरेका छन् । जिसिएम प्रबिधिको एक मात्र बिकल्प भएको संचार सेवा अबरुद्ध भएपछि सोरुका ७ गाबिसका सर्वसाधारणमा संचार सेवाबाट बञ्चित भएका छन् । सोरुका ७ गाबिसलाई लक्षित गरि संचालित इलाका प्रशासन कार्यालय समेत संचारको अभावमा नियमित काम प्रभावित भएका छन् । बेलाबेलामा टेलिफोन सेवा सुचारुको लागि बनाउन माग गर्दा पनि टेलिकम कार्यालय मुगु र सम्बद्ध निकाय भने बेवास्ता गर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा