अजयकुमार साह । पुस १, उदयपुर(गाईघाट) । नेपाली पत्रकारितालाई स्थानिय तह सम्म संस्थागत गर्न नेपाल पत्रकार महासंघ प्रयासरत रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय सभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह । पुस १, उदयपुर(गाईघाट) । नेपाली पत्रकारितालाई स्थानिय तह सम्म संस्थागत गर्न नेपाल पत्रकार महासंघ प्रयासरत रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय सभ"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

महासंघको ३९ औं शाखाको रुपमा उदयपुरमा भवन उद्घाटन

१ पुष २०७३, शुक्रबार ११:१७

अजयकुमार साह । पुस १, उदयपुर(गाईघाट) । नेपाली पत्रकारितालाई स्थानिय तह सम्म संस्थागत गर्न नेपाल पत्रकार महासंघ प्रयासरत रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय सभापति डा. महेन्द्र विष्टले बताउनुभएकोछ ।  

नेपाल पत्रकार महासंघ शाखा कार्यालय उदयपुरको नवनिर्मित भवनको शुक्रबार समुद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै डा. विष्टले सो कुरा बताउनुभएको हो ।

वहाँले नेपाल पत्रकार महासंघको उदयपुर शाखा भवन ३९ औं स्थानमा उदघाट्न भईरहेको जानकारी गराउँदै अब पत्रकारहरुको आफ्नै संस्था कार्यालयबाट सम्पूर्ण कामकाज गर्न सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले ३० वर्ष सम्म पत्रकारीता गर्ने व्यक्तिहरुलाई विभिन्न प्रकारका सेवा सुविधा उपलब्ध गराउन महासंघ लागी परेको बताउनु भएको छ । वहाँले देशभर राष्ट्रिय सञ्चार माध्यममा महिला पत्रकारको २५ प्रतिशत सहभागीतामा बृद्धि गर्ने नीति महासंघले ल्याएको समेत जानकारी गराउनुभयो ।

महासंघका केन्द्रिय महासचिव तथा कार्यक्रमका विशेष अतिथि उजिर मगरले पत्रकार राजनितिक रुपमा पक्ष र विपक्ष बनेर सामाचार लेख्नुभन्दा निष्पक्ष रुपमा कलम चलाउन आग्रह समेत गर्नुभयो । उहाँले अहिलेको पत्रकारिता बढी पित्त पत्रकारिताबाट प्रेरित भईरहेको जानकारी गराउँदै त्यस्तो पत्रकारिता धेरै समय सम्म टिक्न नसक्ने ठोकुवा समेत गर्नुभयो । कार्यक्रममा उहाँले पत्रकारहरुलाई दलिय पत्रकारिताबाट टाढा रहन आग्रह समेत गर्नुभयो ।

त्यस्तै अर्का विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सल्लाहकार तथा न्युनत्तम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारहरुको श्रमको मुल्य दिलाउनका लागी ठोस नितिहरु ल्याउन प्रयासरत रहेको र विना मूल्य काममा लगाउने संचार उद्योगहरु अब कारवाहीको भागिदार बन्ने समेत बतानउनुभयो ।


त्यस्तै भवन उत्घाटन कार्यक्रममा पछि पत्रकार महासंघको हलमा श्रमजीवि पत्रकार सम्वन्धि ऐन कार्यन्वयनको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ । न्युनतम पारीश्रमीक निर्धारण समितीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा न्युनतम पारीश्रमीक निर्धारण समितीका संयोजक पोषण केशि, पत्रकार महासंघका केन्द्रिय महासचिव उजीर मगर, सन्चार मन्त्रिका प्रेस सल्लाहाकार राजेन्द्र किराती, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, पत्रकारहरुको वाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ