प्रेम सुनार । पुस १, गुल्मी । आज आम हड्तालको पहिलो दिन गुल्मीको दोहलीमा विरोधका लागि टोल टोलमा जम्मा हुँदै थिए ।  वन्द अवज्ञा गर्नेहरु विरुद्ध युवा तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार । पुस १, गुल्मी । आज आम हड्तालको पहिलो दिन गुल्मीको दोहलीमा विरोधका लागि टोल टोलमा जम्मा हुँदै थिए ।  वन्द अवज्ञा गर्नेहरु विरुद्ध युवा तथा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा आज आम हड्तालको पहिलो दिन यस्तो देखियो

१ पुष २०७३, शुक्रबार ११:२९


प्रेम सुनार । पुस १, गुल्मी । आज आम हड्तालको पहिलो दिन गुल्मीको दोहलीमा विरोधका लागि टोल टोलमा जम्मा हुँदै थिए ।  वन्द अवज्ञा गर्नेहरु विरुद्ध युवा तथा स्कुले भाई वहिनीहरु निगरानी गर्दै थिए । त्यस विचमा रामराज्य उच्च माध्यामिक विद्यालयको ५१ औं वर्षिकोत्सवको औपचारिकता पनि पुरा गराउन थालियो ।

आन्दोन अभिभावक, शिक्षक , विद्याथी, र सवै राजनैतिक दलका कार्यकर्ता जम्मा भएर आन्दोलनरत जिल्लाका नेताहरुलाई सोधेर वार्षिकोत्सवको पनि आयोजना गरियो योे आज विहान ९ वजेको कुरा थियो । उता सदरमुकाम तम्घासमो झडप हुने सम्भावनाको खवर पाउन साथ एक दमै छोटो समयमा कार्यक्रमको समापन गरियो ।

सायद एक घण्टा भित्रमा वर्षिकोत्सव समारोह समापन भएको जिल्लामा यो पहिलो विद्यालय होला ।

आन्दोलनकारीका नेताहरु  संग अनुमति लिएको  प्रार्चय गुणाखर अर्यालले बताए । भने–‘ हामी पनि आन्दोलनमै छौं,तर पुर्व निर्धारण कार्यक्रम भएकोले अनुमति लिएर छोटो समयमै कार्यक्रम सक्दैछौं, हामी पनि आन्दोलनरत नै भएकोले यो हाम्रो बाध्यता हो । ’

वर्षिकोत्सव समारोहमा प्रचार्य अर्यालले १ करोड ४० लाख ५३ हजार वरावरको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यस विद्यालयको आर्थिक अवस्था निकै दयानिय रहेको र  भौतिक पुर्वधार पनि अभावै अभावमा गुज्रेको गुनासो गरे । विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष चन्द्रबहादुर महतले पनि भौतिक पुर्वधार निमार्ण र फर्निचर व्यवस्थापनका लागि पहल भई रहेको बताए ।

वार्षिकोत्सव अवसरमा उत्कृष्ट हुने जेहन्दार विद्यार्थीहरुलाई नैनाकला विष्ट स्मृति पुरष्कार, भिमबहादुर बिष्ट स्मृति पुरस्कार, नारायणप्रसाद घिमिरे र विन्दु दर्लामी स्मृति पुरस्कारले पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयको सर्वोत्कृष्ट विद्यार्थी विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रवेशिका परिक्षामा छात्र तर्फ उत्कृष्ट नतिजा लिई उतिर्ण हुने देवेन्द्र दर्लामी, छात्रा तर्फ वविता खड्कालाई पुरस्कृत गरिएको थियो । कक्षा ११ मा छात्र तर्फ जवान थापा, छात्रा दुर्गा थापा  । कक्षा १२ मा छात्रज्ञ डम्वर वस्नेत,  छात्रा तर्फ निर्मला वस्नेतलाई सवोत्कृक्ष् पुरस्कार वितरण गरिएको थियो ।


वार्षिकोत्सव समारोहका त्यस विद्यालयका विद्यार्थीहरुले आकर्षक गीत नृत्य प्रस्तुत गरेर समारोहलाई मनोरञ्जनमय पारेको थिए । कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति मनबहादुर दर्लामी, नेकपा एमालेबाट अध्यक्ष विष्णु सुनार, व्यवस्थापन समितिका निर्वतमान सदस्य तथा नेकपा माओवादी केन्द्र दोहलीका अध्यक्ष समेत रहेका कृष्णप्रसाद रिजाल लगायतले मन्तव्य राखेका थिए ।  मन्तव्यका क्रममा सवै दलका नेता र शिक्षकहरु सवैले विद्यालयको भन्दा बढि  ५ नम्वर प्रदेशको विषयमा चिन्ता चासो  र राज्य प्रतिको सरकार प्रतिको आक्रोष व्यक्त गरेक थए ।  त्यसैले पनि हेर्दा वार्षिकोत्सव सुन्दा विरोध सभा जस्तै बनेको थियो ।

अतिरिक्त कृयाक्लवा अन्तर्गत विद्यालयमा कृयाशिल सदन मध्ये गौरीशंकर सदनलाई उत्कृष्ट ट्रफी प्रदान गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष चन्द्रबहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सहायक प्रचार्य जगतबहादुर खड्काको स्वागत मन्तव्य र शिक्षक माधवप्रसाद अर्यालको सञ्चालन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव