२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

पत्रकार महासंघ मकवानपुरलाई राउण्ड टेबल हस्तान्तरण

१ पुष २०७३, शुक्रबार १५:०२

पुस १, मकवानपुर | बाल कल्याण समाज मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई राउण्ड टेबल हस्तान्तरण गरेको छ । 

आज हेटौडा ४ स्थित महासंघको कार्यालयमा एक कार्यक्रमकाबीच बाल कल्याणले राउण्ट टेबल महासंघलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रमुख प्रकाश खतिवडाले कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालसँग हात मिलाएर राउण्ड टेबल हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष दाहालले महासंघको पूर्वाधार बहिलो हुँदै गएको भन्दै व्यवस्थित सभाहल निर्माणमा सहयोग पुर्याएकोमा बाल कल्याणलाई धन्यवाद दिनुभयो । करिब ४० जना अट्ने महासंघको सभाहलमा राखिएको राउण्ड टेबल प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाल कल्याण समाज मकवानपुरले खरिद गरी हस्तान्तरण गरेको महासंघका सचिव कृष्ण सारु मगरले जानकारी दिनुभयो ।

महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष नानिमैया विष्ट, महासंघका सचिव कृष्ण सारु मगर,सदस्यतहरु गणेशदर्पण अधिकारी,सुजन बिँडारी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान