पुस २, काठमाडौँ । नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, काठमाडौँ । नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।&nb"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा कुपोषण भयावह समस्या

२ पुष २०७३, शनिबार ०३:४३

पुस २, काठमाडौँ । नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 

अभियानले औषधि, खाद्यान्न र लुगाकपडासहित उक्त दुर्गम भेगमा स्वास्थशिविर गरेको हो । काठमाडौँ र नेपालगन्जबाट अभियानका सहसंयोजक रवीन खतिवडाको नेतृत्वमा राहत सामग्री लिएर कालीकोट पुगेको उक्त समूहमा चिकित्साशास्त्रका विद्यार्थी तथा अभियानकर्मी सन्तोषसिंह थापा, कुबेर सोडारी र अनिल खतिवडा सामेल थिए । 

स्थानीय स्वास्थ्यचौकीका अहेवको रोहबरमा सम्पन्न उक्त शिविरमा दुई सय ५० गाउँलेको स्वास्थ परीक्षण गरिनाका साथै करिब ४० परिवारलाई खाद्यान्न र लुगाफाटा वितरण गरिएको थापाले बताउनुभयो । 

उहाँका अनुसार सो ठाउँमा कुपोषण एक भयावह समस्याका रूपमा रहेको तथा दम, पायल्स, छाला रोग, महिलाको तल्लो पेट दुख्ने आदि समस्या गम्भीर छ । जनचेतनाको कमी हुनु, छोराको आसमा छोरी जन्माइरहनु, अत्यधिक धूमपान गर्नु आदि ती समस्याको जड भएको पाइएको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिनुभयो । 

कालीकोटमा व्याप्त कुपोषण र स्वास्थ्यका अन्य समस्याको स्थायी समाधानका लागि ‘मिसन बेटर कालीकोट’ कार्यक्रम सञ्चालन भइरहेको बताउँदै सहसंयोजक खतिवडाले अब पटक पटक कालीकोट गई अझ ठूलो परिमाणमा राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो । 

शिविर सम्पन्न गरेर काठमाडौँ फर्कने क्रममा समूहले सुर्खेतको वीरेन्द्रनगर तथा दाङ्को तुलसीपुरमा पनि जनचेतनामूलक शिविर र युवाबीच परामर्शका कार्यक्रम सम्पन्न गरेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु