पुस २, काठमाडौँ । नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, काठमाडौँ । नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।&nb"/>
२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा कुपोषण भयावह समस्या

२०७३, २ पुष शनिबार ०३:४३

पुस २, काठमाडौँ । नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 

अभियानले औषधि, खाद्यान्न र लुगाकपडासहित उक्त दुर्गम भेगमा स्वास्थशिविर गरेको हो । काठमाडौँ र नेपालगन्जबाट अभियानका सहसंयोजक रवीन खतिवडाको नेतृत्वमा राहत सामग्री लिएर कालीकोट पुगेको उक्त समूहमा चिकित्साशास्त्रका विद्यार्थी तथा अभियानकर्मी सन्तोषसिंह थापा, कुबेर सोडारी र अनिल खतिवडा सामेल थिए । 

स्थानीय स्वास्थ्यचौकीका अहेवको रोहबरमा सम्पन्न उक्त शिविरमा दुई सय ५० गाउँलेको स्वास्थ परीक्षण गरिनाका साथै करिब ४० परिवारलाई खाद्यान्न र लुगाफाटा वितरण गरिएको थापाले बताउनुभयो । 

उहाँका अनुसार सो ठाउँमा कुपोषण एक भयावह समस्याका रूपमा रहेको तथा दम, पायल्स, छाला रोग, महिलाको तल्लो पेट दुख्ने आदि समस्या गम्भीर छ । जनचेतनाको कमी हुनु, छोराको आसमा छोरी जन्माइरहनु, अत्यधिक धूमपान गर्नु आदि ती समस्याको जड भएको पाइएको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिनुभयो । 

कालीकोटमा व्याप्त कुपोषण र स्वास्थ्यका अन्य समस्याको स्थायी समाधानका लागि ‘मिसन बेटर कालीकोट’ कार्यक्रम सञ्चालन भइरहेको बताउँदै सहसंयोजक खतिवडाले अब पटक पटक कालीकोट गई अझ ठूलो परिमाणमा राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो । 

शिविर सम्पन्न गरेर काठमाडौँ फर्कने क्रममा समूहले सुर्खेतको वीरेन्द्रनगर तथा दाङ्को तुलसीपुरमा पनि जनचेतनामूलक शिविर र युवाबीच परामर्शका कार्यक्रम सम्पन्न गरेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा