टेक बहादुर थापा । पुस १, अछाम । अछामको सदरमुकाम मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा आवत जावतमा निकै समस्या भएको छ । बजारमा रहेको नालीको पानी मुख्य सडकमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक बहादुर थापा । पुस १, अछाम । अछामको सदरमुकाम मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा आवत जावतमा निकै समस्या भएको छ । बजारमा रहेको नालीको पानी मुख्य सडकमा"/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा समस्या

२०७३, २ पुष शनिबार ०३:५९


टेक बहादुर थापा । पुस १, अछाम । अछामको सदरमुकाम मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा आवत जावतमा निकै समस्या भएको छ । बजारमा रहेको नालीको पानी मुख्य सडकमा मिसीदा बजारमा हिड्ने स्थानीयलाई आवत जावत गर्न निकै असजिलो हुने गरेको छ भने सवारी साधनलाईपनी निकै समस्या हुने गरेको छ । 

जिल्ला विकास समिती अगाडीको सडक हिलाम्य हुदा आवत जावत गर्न निकै समस्या हुने गरेको स्थानीयले बताएका छन । जिल्ला विकास समिती अगाडीकै सडमा नालीको पानी सडकमा मिसीदा आवत जावत गर्ने बेला बर्षाको झल्को दिने गरेको नजिकै ब्यावसाय गरिरहेका अछाम बस्ती गाविसका कासीराम जैशीले बताउनुभयो । सदर मुकाम मंगलसेनको मुख्य सडकको यस्तो अवस्था हुदापनी सम्बन्धित सरोकारवालाको ध्यान नजानु दुखद कुरा भएको उहाको भनाई छ । 

सडकमा दैनिक रुपमा आवत जावत गर्ने मान्छेहरु सडकमा चिप्लीने गरेका छन भने सवारी साधनले फाल्ने हिलोले छेउ छाउमा ब्यावसाय गर्दै आएकाहरुलाई हिलाम्य पार्ने गरेको छ । हिलाम्य सडक ब्यावस्थित बनाउन तर्फ कुनैपनी ठाउ बाट पहल भएको पाईदैन । नालीको पानी सडकमा मिसीएपछि त्यस बाट फैलीएको दुर्गन्धले आफूलाई पसलमा बसेर कामगर्न निकै समस्या हुने गरेको पंञ्चदेवल कम्प्युटर सेन्टरका प्रोपाईटर नम राज न्यौपाले आक्रोस पोख्नुभयो । सदर मुकाम मंगलसेनको सकडको दुराअवस्था हुदापनी सम्बन्धीत निकायले ध्यान नदिएको भन्दै न्यौपानेले आक्रोस पोख्नु भएको हो । उहा मात्र हैन अधिकांश ब्यापारीको गुनासो यस्तै सुन्ने गरिन्छ । नालीको पानी सडकमा गएर हिलाम्य हुदा बजारको सौन्दर्य नै बिग्रिएको छ । ब्यावस्थित गर्नमा स्थानीयलेपनी ध्यान नदिदा यस्तो समस्या भएको हिलाम्य सडक नजीकै बसिरहेका पत्रकार तुल बहादुर कुवँरको भनाई छ । 

जिल्लाका ग्रामीण क्षेत्र बाट सदरमुकाम मंगलसेन आउने गरेका स्थानीयहरु जिल्ला विकास समिती अगाडीकै सडक मर्मत गर्न त कसैको ध्यान जादैन भने विकट क्षेत्रका सडकहरु मर्मत तथा स्तर उन्नती हुनेमा आसाबादी छैनन । जिल्लाका ग्रामीण क्षेत्रका बजार ब्यावस्थित भईसक्दापनी सदर मुकाम मंगलसेन बजार अझै ब्यावस्थित नभएको भन्दै चिन्ता ब्यक्त गर्ने गरेका छन । सदर मुकाम मंगलसेनको सडकमा पटक पटक यस्तो समस्या हुदापनी जिल्ला विकास समिती, नगरपालीका र अन्य सरोकारवालाको ध्यान गएको पाईदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा