टेक बहादुर थापा । पुस १, अछाम । अछामको सदरमुकाम मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा आवत जावतमा निकै समस्या भएको छ । बजारमा रहेको नालीको पानी मुख्य सडकमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक बहादुर थापा । पुस १, अछाम । अछामको सदरमुकाम मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा आवत जावतमा निकै समस्या भएको छ । बजारमा रहेको नालीको पानी मुख्य सडकमा"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा समस्या

२ पुष २०७३, शनिबार ०३:५९


टेक बहादुर थापा । पुस १, अछाम । अछामको सदरमुकाम मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा आवत जावतमा निकै समस्या भएको छ । बजारमा रहेको नालीको पानी मुख्य सडकमा मिसीदा बजारमा हिड्ने स्थानीयलाई आवत जावत गर्न निकै असजिलो हुने गरेको छ भने सवारी साधनलाईपनी निकै समस्या हुने गरेको छ । 

जिल्ला विकास समिती अगाडीको सडक हिलाम्य हुदा आवत जावत गर्न निकै समस्या हुने गरेको स्थानीयले बताएका छन । जिल्ला विकास समिती अगाडीकै सडमा नालीको पानी सडकमा मिसीदा आवत जावत गर्ने बेला बर्षाको झल्को दिने गरेको नजिकै ब्यावसाय गरिरहेका अछाम बस्ती गाविसका कासीराम जैशीले बताउनुभयो । सदर मुकाम मंगलसेनको मुख्य सडकको यस्तो अवस्था हुदापनी सम्बन्धित सरोकारवालाको ध्यान नजानु दुखद कुरा भएको उहाको भनाई छ । 

सडकमा दैनिक रुपमा आवत जावत गर्ने मान्छेहरु सडकमा चिप्लीने गरेका छन भने सवारी साधनले फाल्ने हिलोले छेउ छाउमा ब्यावसाय गर्दै आएकाहरुलाई हिलाम्य पार्ने गरेको छ । हिलाम्य सडक ब्यावस्थित बनाउन तर्फ कुनैपनी ठाउ बाट पहल भएको पाईदैन । नालीको पानी सडकमा मिसीएपछि त्यस बाट फैलीएको दुर्गन्धले आफूलाई पसलमा बसेर कामगर्न निकै समस्या हुने गरेको पंञ्चदेवल कम्प्युटर सेन्टरका प्रोपाईटर नम राज न्यौपाले आक्रोस पोख्नुभयो । सदर मुकाम मंगलसेनको सकडको दुराअवस्था हुदापनी सम्बन्धीत निकायले ध्यान नदिएको भन्दै न्यौपानेले आक्रोस पोख्नु भएको हो । उहा मात्र हैन अधिकांश ब्यापारीको गुनासो यस्तै सुन्ने गरिन्छ । नालीको पानी सडकमा गएर हिलाम्य हुदा बजारको सौन्दर्य नै बिग्रिएको छ । ब्यावस्थित गर्नमा स्थानीयलेपनी ध्यान नदिदा यस्तो समस्या भएको हिलाम्य सडक नजीकै बसिरहेका पत्रकार तुल बहादुर कुवँरको भनाई छ । 

जिल्लाका ग्रामीण क्षेत्र बाट सदरमुकाम मंगलसेन आउने गरेका स्थानीयहरु जिल्ला विकास समिती अगाडीकै सडक मर्मत गर्न त कसैको ध्यान जादैन भने विकट क्षेत्रका सडकहरु मर्मत तथा स्तर उन्नती हुनेमा आसाबादी छैनन । जिल्लाका ग्रामीण क्षेत्रका बजार ब्यावस्थित भईसक्दापनी सदर मुकाम मंगलसेन बजार अझै ब्यावस्थित नभएको भन्दै चिन्ता ब्यक्त गर्ने गरेका छन । सदर मुकाम मंगलसेनको सडकमा पटक पटक यस्तो समस्या हुदापनी जिल्ला विकास समिती, नगरपालीका र अन्य सरोकारवालाको ध्यान गएको पाईदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु