Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१३ पुष २०८२, आईतवार
डडेलधुरा - DDL

हर्मोन गडबडीले हुने ११ रोग, मोटोपनदेखि निःसन्तानसम्म

२ पुष २०७३, शनिबार १५:१४

मधुमेह

इन्सुलिन भन्ने हार्मोन गडबडीका कारण मधुमेह लाग्छ । मानिसको पेटमा रहेको प्याङ्क्रियाजले इन्सुलिन हर्मोनको उत्पादन गर्छ । यसको मुख्य काम भनेको रगतमा रहेको चिनीको मात्रालाई सन्तुलनमा राख्ने हो । यदि इन्सुलिनको उत्पादनमा कमी आयो भने वा राम्रोसँग काम गर्न सकेन भने मधुमेह रोग लाग्छ ।

थाइराइड


   थाइराइड ग्रन्थी घाँटीमा रुद्रघण्टीको तल हुन्छ । यस ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्छ । यो हार्मोनले शरीरको मेटावोलिजमलाई नियन्त्रणमा राख्ने काम गर्दछ । थाइराइड हार्मोन बढी उत्पादन हुने अवस्थालाई हाइपरथाइराइड भनिन्छ भने कम उत्पादन भयो भने हाइपोथाइराइड हुन्छ ।

   हाइपर र हाइपो थाइराइडको लक्षण पनि फरक–फरक हुन्छ । हाइपर थाइराइडमा व्यक्ति दुब्लाउदै जाने, गर्मी धेरै हुने, पसिना धेरै आउने, मुटु धेरै धकधक हुने, दिसा धेरैपटक लाग्ने, हातखुट्टा काम्ने, सास फुल्ने, निद्रा नलाग्ने, गलगाँड निस्कने, आँखा ठुलो हुँदै जाने, महिनावारी गडबड हुने, निसन्तान हुन जस्ता लक्षण देखा पर्छन् ।  

   त्यसैगरी हाइपो थाइराइडमा मोटाउदै जाने, जाडो धेरै हुने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने, कपाल झर्ने, निद्रा धेरै लाग्ने, कब्जियत हुने, महिनावारी गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । धेरै व्यक्तिमा टन्सिल बढ्ने र दुख्ने गरेको पाइन्छ ।

    महिनावारीमा गडबडी र निःसन्तान

  महिनावारी गराउने हार्मोनलाई सेक्स हार्मोन भनिन्छ । यो हार्मोन २ किसिमका हुन्छन् । एउटा दिमागको तल रहेको पिट्युरी ग्रन्थीबाट निस्कने हार्मोन एलएच, एफएसएच र प्रोल्याक्टिन भन्ने हार्मोन हुन्छ भने दोस्रो डिम्बबाट निस्कने हार्मोन एस्ट्रोजन र प्रोजेस्टेरोन भन्ने हुन्छ । यी दुवैको कम्बिनेसनबाट महिनावारी हुनेगर्छ । यीमध्ये कुनै पनि हार्मोनमा गडबडी भएमा महिनावारीमा समस्या उत्पन्न हुन्छ ।१६ वर्षभित्र हुनुपर्ने महिनावारी कसै–कसैलाई २० वर्षसम्म पनि नहुने हुन्छ । महिनावारी भएपनि समयमा नहुनुको साथै रक्तश्राव धेरै हुने हुन्छ । पिट्ट्युरी ग्रन्थीका कारण महिनावारी गडबड हुनुलाई सेकेन्डरी हाइपोगोनाडीजम भनिन्छ । त्यसैगरी डिम्बमै समस्या भएर महिनावारी गडबड हुनुलाई प्राइमरी हाइपोगोनाडीजम भनिन्छ । सेक्स हार्मोनको उत्पादन राम्रोसँग हुन नसकेमा महिनावारीमा गडबडीका साथै निसन्तानको समस्या धेरै हुनसक्छ ।

   महिलाको शरीरमा धेरैं रौं उम्रने

   हार्मोनकै कारण महिलामा चाहिनेभन्दा धेरै रौं निस्कने हुन्छ । पुरूषमा जस्तै दाह्रीजुँगा आउने, छाति तथा यौनाङ्गलगायत शरीरका धेरै स्थानमा रौं आउने हुन्छ । टेस्टोस्टेरोन हार्मोनको उत्पादन धेरै भयो भने महिलामा यस्तो समस्या देखिन्छ । पोलिसिस्टिक सिन्ड्रोममा कारण पनि यस्तो हुनसक्छ । डिम्बाशयमा कुनै ट्युमरका कारण पनि कहिलेकाहीँ महिलाको शरीरमा धेरै रौं उम्रने हुनसक्छ । पेटमा एड्रिनल भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाको माथि हुन्छ । यस ग्रन्थीले डिएचइएएस नामक अर्को हार्मोन बढी निकालेमा पनि महिलाको शरीरमा रौं आउने हुन्छ । यसको उपचार २ किसिमले गर्न सकिन्छ । एउटा हार्मोनल उपचार र दोस्रो लेजर उपचार गर्नुपर्छ । यसका लागि एउटा मात्र उपचार गरेर हुँदैन । लेजर प्रविधिद्वारा उपचार सँगसँगै हार्मोनको पनि उपचार गर्नुपर्ने हुन्छ । यसमा हार्मोनको असर देखिन ५/६ महिना लाग्छ ।

  स्तनबाट दुध चुहिने

   प्रोल्याक्टिन भन्ने हार्मोनको मात्रा बढ्न गएमा स्तनबाट दुध चुहिने हुन्छ । प्रोल्याक्टिन हार्मोन पिटुट्युरी ग्रन्थीका कारण बढ्ने हुन्छ । पिटुट्युरी ग्रन्थीमा ट्युमर पलायो भने वा अन्य कुनै रोगका कारण हार्मोनको मात्रा बढ्न जान्छ । साथै औषधिको कारण पनि यो हार्मोन बढ्ने हुन्छ । कसै–कसैलाई थाइराइडका कारण हुने संभावना हुन्छ । गर्भवति भैसकेको समयमा दुध चुहिनु सामान्य हो । तर अविवाहित युवती, गर्भवति हुनुपूर्व वा सामान्य अवस्थामा पोल्याट्रिन हार्मोनका कारण दुध चुहिने हुन्छ ।

   पुरुषमा स्तन बढ्ने

    पुरूषको स्तन बढ्नुलाई गाइनेकोमास्टिया भनिन्छ । यसका धेरै कारणमध्ये एक हार्मोनको गडबडी पनि हो ।सेक्स हार्मोनको कमी भयो भने पुरुषको स्तन बढ्ने हुन्छ । यसको उपचार ३ किसिमले गर्न सकिन्छ । पहिलो कुरा जीवनशैलीमा परिवर्तन गर्न जरूरी हुन्छ । खानपिन र व्यायामको माध्यमबाट मोटोपन घटाउनु पर्छ । स्तन टेस्टोस्टेरोन हार्मोनको कमीले गर्दा बढ्ने भएकाले हार्मोनको उपचार गर्नुपर्छ । हार्मोनको कारणले होइन भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । महिलामा मात्र होइन स्तन बढ्ने समस्याका कारण पुरूषमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।

   पुड्को हुने वा धेरै अग्लो हुने

   जन्मेदेखि १८ वर्षमा जुन किसिमको उचाइ बढ्नुपर्ने हो त्यसमा सबभन्दा ठुलो भुमिका ग्रोथ हार्मोनको हुन्छ । जुन, पिटुट्युरी ग्रन्थीबाट निस्कन्छ । पिटुट्युरी ग्रन्थीलाई मास्टर ग्रन्थी पनि भनिन्छ । यसले शरीरलाई आवश्यक पर्ने धेरै हार्मोन उत्पादन गर्छ । पिट्ट्युरी ग्रन्थीमा कुनै कारण रोग लाग्यो भने ग्रोथ हार्मोनको कमी हुन्छ । जसबाट उचाई बढ्दैन । ग्रोथ हार्मोनको कमी भयो भने यसको इन्जेक्सन लगाएमा हार्मोनको उत्पादन हुन्छ । तर यो हार्मोनको इन्जेक्सन महंगो हुन्छ । बच्चा अवस्थामै थाइराइड भएमा वा राम्रोसँग उपचार नभएमा पनि उचाई बढ्न सक्दैन । त्यसैगरी पिटुट्युरी ग्रन्थीबाट हार्मोनको उत्पादन बढी भयो भने मानिसको उचाई बढी हुन्छ । बच्चा अवस्थामै उपचार गर्न सकेमा उचाई सामान्य हुनसक्छ । तर ढिला थाहा भयो भने यसलाई नियन्त्रण गर्न सकिदैन । तर ग्रोथ हार्मोन बढी भएर हुने अन्य असरलाई कम गर्न सकिन्छ ।

     यौन इच्छामा कमी आउने वा सम्भोग गर्न गाह्रो हुने

   पिटुट्युरी ग्रन्थीबाट निस्कने हार्मोन एलएच,  एफ एस एच र प्रोल्याक्टिनमा समस्या देखियो भने यौन इच्छामा कमी आउने हुन्छ । यसका साथै यौनसम्पर्क गर्न गाह्रो हुने, लिङ्ग कडा नहुने, वीर्य ननिस्कने, वीर्यमा शुक्रकिटको कमी हुने, दाह्रीजुँगा नआउनेजस्ता समस्या देखा पर्छन् । यौन अवस्था १२/१३ वर्षमा सुरु हुनुपर्नेमा हार्मोनको कमीले यौन अवस्था नै नहुने हुन्छ । जसका कारण पुरुषमा पनि निसन्तानको समस्या हुनसक्छ ।

    यौवन अवस्था चाँडो देखिने वा ढिलो गरी देखिने
    
    हार्मोनको गडबडीका कारण केटीहरूमा ७ वर्षभन्दा कम उमेरमै यौन अवस्थाको लक्षण देखा पर्न सक्छ । समयभन्दा पहिला नै स्तन बढ्ने, महिनावारी सुरु हुने जस्ता कारणमा सेक्स हार्मोन बढी हुनु नै हो । यसको उपचार गरिएन भने सुरुमा उचाइ बढ्ने तर पछि गएर कम हुने हुन्छ । त्यसैगरी केटाहरूमा ९ वर्षभन्दा पहिले नै अण्डकोष ठुलो हुने, लिङ्ग बढ्नेजस्ता लक्षण देखिन्छन् । यसको पनि समय मै उपचार भएन भने पुड्कोपन हुने संभावना हुन्छ ।

    हड्डी बारम्बार टुट्ने तथा खिइने

हार्मोनको संबन्ध हाड्जोर्नीसँग पनि संबन्धित हुन्छ । हड्डीलाई बलियो बनाउने भनेको क्याल्सियम र फस्फोरसले हो । यिनीहरूलाई सही तरिकाले राख्न प्याराथाइराइड हार्मोनले निकाल्ने हार्मोनको भूमिका हुन्छ । यदि प्याराथाइराइड हार्मोन बढी भयो भने रगतमा क्याल्सियमको मात्रा बढ्ने गर्छ । जसका कारण हड्डी खिइदै जाने र सामान्य चोटपटकमा पनि भाँचिने गर्छ । भिटामिन डी हार्मोनले पनि शरीरमा क्याल्सियम र फस्फोरसको मात्रा ठीक राख्छ । यदि भिटामिन डी को कमी भयो भने हड्डी दुख्ने हुन्छ । महिलामा हड्डी खिइने समस्या महिनावारी बन्द भैसकेपछि हुनेगर्छ ।

मोटोपन

    मोटोपनको कारण धेरै हुन्छन् । थाइराइडका कारण मानिसको मोटोपन बढ्छ । दोस्रो एड्रिनल ग्रन्थीले कटिजोल हार्मोन बढाउँदा पनि मोटोपन बढ्छ । कटिजोल हार्मोन बढी भएमा कुशिङ सिन्ड्रोम भन्ने रोग लाग्छ । जसका कारण मोटोपन हुने, बसेर उठ्न गाह्रो पर्ने, सुगर, प्रेसर बढ्नुका साथै अनुहार सुनिन्ने हुन्छ । खानपिनको गडबडी, खानामा चिल्लोको मात्रा, व्यायामको कमी जस्ता कारणले मोटापन धेरै बढ्ने हुन्छ । by swasthyakhabar.com

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल