नरी बडु, पुष ३ बैतडी ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले विभिन्न माग राख्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत समाजले ज्ञापनपत्र बुझाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, पुष ३ बैतडी ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले विभिन्न माग राख्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत समाजले ज्ञापनपत्र बुझाएक"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

उत्पीडित जातीय मुक्ति समाजद्वारा प्रधानमन्त्रिलाई ज्ञापनपत्र

२०७३, ३ पुष आईतवार १२:४३

नरी बडु, पुष ३ बैतडी ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले विभिन्न माग राख्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत समाजले ज्ञापनपत्र बुझाएको हो ।

समाजद्वारा नेकपा एमालेका अध्यक्ष केपि शर्मा वली नेतृत्वको सरकारले जारी गरेको आर्थिक वर्ष ०७२/०७३ को बजेटमा घोषणा भएका महिलासंग राष्ट्रपति र दलितसंग प्रधानमन्त्रि कार्यक्रम अन्र्तगत प्रधानमन्त्रिको नेतृत्वमा बन्ने उच्चस्तरको समिति निर्माण गर्न, भगत सर्वजित शिल्प उत्थान तथा विकास केन्द्रको गठन गर्न, जेष्ठ २१ गतेलाई जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवसको जिल्ला तहमा समेत कार्यान्वयन गर्न र काभ्रेका लक्ष्मी परियारको हत्यामा संलग्नलाई तत्काल कारवाहिको माग गर्न लगायतका माग सहितको ज्ञापनपत्र बुझाईएको छ ।

काभ्रेकै अजित मिजारको हत्याराहरुमाथि कारवाही नहुदै सोही जिल्लाको बाङथली गाविस वडा नं. ७ का लक्ष्मी परियारलाई कथित बोक्सीको आरोपमा जातिय छुवाछुत र भेदभावका कारण हत्या गरिएको भन्दै मुक्ति समाज बैतडीले दोषिलाई कारवाहिको माग गरेको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य नरेस विकको भनाई छ ।

परियारलाई स्थानीय शिक्षक हिरा लामा लागायतले हत्या गरेको आरोप छ । बोक्सी र छुवाछुतजस्तो फौजदारी अपराधलाई मिलापत्र गरिदिने स्थानीय प्रहरीको कमजोरीका कारण लक्ष्मी परियारको हस्ता भएको मुक्ति समाजको आरोप छ ।

लक्ष्मी परियारका हत्यारालाई तत्काल कारवाहीको माग सहित नेपालको संविधान जारी भईसकेपछि यसको व्यवहारिक कार्यान्वयन गर्न व्यवस्थापिका संसदमा पेश भएका १३८ वटा कानूनहरु दलितमैत्री बनाउन, नेपालको संविधानको धारा ४० अनुसारका कानूहरु निर्माण गर्न र राष्ट्रिय दलित आयोलाई दलित आन्दोलनको भावना अनुसार संसोधन गरी पारित गर्न र संविधान अनुसार अधिकार सम्पन्न दलित आयोग गठनका लागि जोडदार माग गर्दछौ ज्ञापनपत्रमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा