(नवीनबाबु अधिकारी) | पुस ३, सिन्धुली । सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा सातजनाको मृत्यु भएको छ । 

दुर्घटनामा पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (नवीनबाबु अधिकारी) | पुस ३, सिन्धुली । सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा सातजनाको मृत्यु भएको छ । 

दुर्घटनामा पर"/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनकोसीमा जिप खस्दा ७ जनाको मृत्यु, एक बेपत्ता (अपडेट)

२०७३, ३ पुष आईतवार १४:०६

(नवीनबाबु अधिकारी) | पुस ३, सिन्धुली । सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा सातजनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय साङदोर्जे शेर्पा, फुल्पिङकट्टी–७ बस्ने ५७ वर्षीय बाले शेर्पा, सोही ठेगाना भएका ५० वर्षीया निवुती शेर्पा, ५० वर्षीया सर्किनी शेर्पा, लमजुङ सानीभञ्ज्याङ बस्ने अन्दाजी ४० वर्षीय जिप चालक झपटबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनुभयो । 

यस्तै, काठमाडौँ महानगरपालिका स्वयम्भू गोल्ढुङ्गा बस्ने ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा घुर्मीमा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी अन्दाजी ४० वर्षीय एक पुरुषको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय दाल्मु शेर्पालाई घुर्मीको जनसेवा अस्पतालमा पठाइएको प्रहरी चौकी खाङसाङका प्रहरी नायब निरीक्षक टेकबहादुर लामाले जानकारी दिनुभयो । 

सुनकोसीमा जिप खस्दा जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ४५ वर्षीय दानुर्बु शेर्पा भने बेपत्ता भएका र उहाँको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक पनेरुले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित नौजना सवार रहेका थिए । रत्नावती– ३ सोकु खोला मध्यपहाडी लोकमार्गस्थित काठमाडाँैबाट हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नंको स्कार्पियो गाडी अचानक सडकबाट २०० फिट तल सुनकोसी नदीमा खसेको थियो । सिन्धुपाल्चोकका स्थानीयले दुईवटा स्कार्पियो जिप लिएर खोटाङको हलेसीमा दर्शन गर्न जाने क्रममा उक्त जिप दुर्घटनामा परेको थियो । 

जिप कोसीको पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको स्थानीय रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । लोकमार्ग कालोपत्र नहुँदा तीव्रगतिमा रहेको स्कार्पियोले गति नियन्त्रण गर्न नसक्दा सुनकोसीमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । 

दुर्घटनामा खाङसाङ प्रहरी चौकीलगायत अन्य नजिकका प्रहरीचौकीका प्रहरी स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो । घटनास्थलमा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारसहितको टोली पनि गएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा